A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कोसीमा डुबेर दुइ बालक बेपत्ता

उदयपुर र खोटाङको सीमा भएर बग्ने दुधकोसीमा डुबेर उदयपुरका दुई बालक बेपत्ता भएका छन्। बुधबार बिहान पौडी खेल्न कोसी पसेका जिल्लाको लिमचुङबुङ गाउँपालिका–१ बाँसबोटेबुत्कुका १४ वर्षीय प्रविण राई र १६ वर्षीय आसन राई डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन्। गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार बेपत्ता हुने आसन यसै वर्षको एसइइ परीक्षा दिएर नतिजाको पर्खाईमा रहेका थिए। अर्का प्रविण कक्षा ८ मा अध्ययनरत रहेको बताइएको छ। पौडी खेल्न गएका बालकद्वय कोसीमा डुबेर बेपत्ता भएको खबर पाएर प्रहरी र स्थानीयको टोली खोजी कार्यमा जुटेको गाउँपालिका अध्यक्ष राईले बताएका छन्। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बालकद्वय बेपत्ता भएको पुष्टि गरे। उनले डाँडामा घर भएका उनीहरु बेँसी खेतमा गोठमा बस्दै आएको र नुहाउन तथा माछा मार्न जाँदा डुबेर बेपत्ता भएको बताए। डुबेर हराएको खबर आएलगत्तै दिउँसो ३ः३० बजेदेखि उनीहरुको खोजीमा इप्रका लिमचुङबङ र जिल्लाको टोली खटाइएको एसपी मगरले बताएका छन्। केही दिनयता अत्याधिक बढेको गर्मीले पहाडी भेगमासमेत जनजीवन प्रभावित पार्न थालेको छ। लामो समयदेखि पानी नपर्दा पहाडी भेगमा लगाइएका अन्नबाली खडेरीले सुकाउँदै गएको र कतिपय गाउँमा खानेपानीको अभाव झेल्ने स्थानीयहरु कोसीको पानी खान, कोसीमै नुहाउन र लुगा धुन जान बाध्य हुँदा यस्तो घट्ना हुन पुगेको हो।

२०७६ असार ४ गते ६:०० मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: