A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आमा मारिइन्, बाबु फरार, सन्तानलाई कुपोषण

सरकारले बालबालिकामा हुने कुपोषण रोक्न ठूलो लगानी गरेको छ तर सम्बद्ध व्यक्तिमा त्यो पुग्न नसक्दा लगानी प्रभावकारी बन्न सकेको छैन । वीरगन्ज महानगर २३ प्रसौनीकी डेढ वर्षीया बालिका कुपोषित भेटिनु त्यसैको उदाहरण हो । आमा गुमाएकी सुन्दरमाला दासमा चरम कुपोषण रहेको पाइएको छ । बुबाले आमाको हत्या गरेर फरार भएपछि दासले पोसिलो आहार पाइनन् । सुन्दरमालाका ३३ वर्षीय बुबा पन्नालालले ३० वर्षीया पत्नी अञ्जुलाई वैशाख ६ गते कुटपिट गरी हत्या गरेका थिए । घटनापछि फरार उनी प्रहरीको खोजी सूचीमा छन् । ७० वर्षीया वृद्धा हजुरआमा शोशिला दासको पालनपोषणमा हुर्किरहेकी सुन्दरमालाको तौल साढे ५किलो मात्र छ । औसतमा डेढवर्षका बालबालिकाको तौल११ किलो वा त्यसभन्दा बढी हुन्छ । अति कमजोर सुन्दरमाला हिँडडुल परको कुरा, राम्ररी बस्नसमेत सक्दिनन् । उनको टाउको ठूलो छ भने शरीर पातलो छ । करङ र शरीरका अन्य हड्डी प्रस्ट देखिन्छन् । दासका बाबु बेपत्ता भएपछि परिवारको बिजोग छ । पन्नालालका सुन्दरमालाबाहेक थप ३ छोराछोरी छन् । १० वर्षीय छोरा रञ्जन, पाँच वर्षीया छोरी रुक्मिणी र ३ वर्षीय छोरा साजनसहितको परिवारको बोझ एकल तथा वृद्धा शोशिलाका काँधमा छ । खेतीपाती नभएको तथा आम्दानीका स्रोत पनि नभएकाले उनलाई घर चलाउन धौधौ छ । छुट्टिई बसेका जेठा छोरा देवशरणले केही मद्दत गरे पनि उनकै ९ जनाको ठूलो परिवार छ । ज्यालामजदुरी गर्दै आएका उनलाई पनि दुई घर एकसाथ चलाउन हम्मेहम्मे छ । नातिनीले पोसिलो खाना र आमाको दूध खान नपाएकाले कुपोषित भएको शोशिलाले बताइन् । बजारबाट पोसिलो खानेकुरा किनेर खुवाउने क्षमताआफ्नो नभएको उनको भनाइ छ । नातिनी आमा सम्झिई रुने र सुत्न नमानेपछि शोशिला आफैंले स्तनपान गराउँछिन् तर उनका स्तनबाट दूध आउँदैन । ‘नातिनीले आमाको काख र दूध चुस्न खोज्छे,’ उनी भन्छिन्, ‘भुल्याउन भए पनि दूध चुसाउँछु ।’सुन्दरमालालाई कडा खालको कुपोषण लागेको लालपर्सा स्वास्थ्यचौकीका इन्चार्ज अनिशकान्त कुशवाहाले बताए।‘यसले बालबालिकाको शरीरको इम्युनिटी पावर कम हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा कुनै पनि रोगले च्याप्दा कुपोषित बालबालिको मृत्यु हुन सक्छ ।’बालिकाको कुपोषण समस्याबारे जानकारी पाएपछि उनलाई नारायणी अस्पतालको पोषण पुनःस्थापना गृहमा भर्ना गर्न प्रयासरत रहेको सामाजिक अभियन्ता प्रकाश थारूले बताए । शोशिलाका अन्य नातिनातिना पनि दुब्ला छन्।

२०७६ असार ६ गते ८:३१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: