A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

असुरक्षित बालगृहबाट ८ बालबालिकाको उद्धार

कालिकोट जिल्लाका ८ जना बालबालिकालाई बालगृहबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ। नेपाल प्रहरी र केन्द्रीय बालकल्याण समितिले बालबालिकाको उद्धार गरेका हुन्। उद्धार गरिएका ८ जना बालबालिका मध्ये ४ जना पलाँता गाउँपालिकाका, १ जना पचालझरना गाउँपालिकाका र ३ जना तिलागुफा नगरपालिकाका रहेका छन्। उनीहरु सबै दलित समुदायका बालबालिका हुन्।  उनीहरुलाई साझा सवालका लागि साझामञ्च कोकनले प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको रोहबरमा अभिभावकको जिम्मा लगाएको हो। काठमाडौंका असुरक्षित बालगृहबाट उद्धार गरिएका ८ बालबालिकालाई अभिभावको जिम्मा लगाउन साझा सवालका लागि साझा मञ्च कोकनका सल्लाहकार कमल कोइराला कालिकोट आएका थिए। नेपाल प्रहरी केन्द्रीय बालकल्याण समितिले तीन महिना अगाडि काठमाडौंका बालगृहमा रहेका असुरक्षित बालबालिकालाई उद्धार गरी कोइरालालाई जिम्मा लगाएको थियो। अभिभावक पहिचान गरी प्रमुख जिल्ला अधिकारीको रोहबरमा जिम्मा लगाएको कोइरालाले बताए। उनले भने, ुहामीले सरकारले उद्धार गरेका बालबालिकालाई आवधिक बालगृहको सेवा दिएका छौँ। शुक्रबार अभिभावकलाई जिम्मा लगाइएका ८ जना बालबालिकालाई शैक्षिक सामग्रीसहित घर पठायौं। कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले नेपाल सरकारको मापदण्ड पूरा नगरी खोलिएका, दर्ता नभएका, बालगृहमा हुनु पर्ने सेवा सुविधा नभएका बालगृहबाट उद्धार गरिएका बालबालिकाहरु अभिभावकको जिम्मा लगाएको बताए। उनले नेपाल प्रहरी र केन्द्रीय बालकल्याण समितिले उद्धार गरेका बालबालिकालाई साझा सवालका लागि साझा मञ्च कोकनले कालिकोट जिल्ला सदरमुकामसम्म ल्याइदिएको र प्रशासनमै अभिभावकलाई जिम्मा लगाएको जानकारी दिए। उनले भने, कालिकोट जिल्लाका विकट गाउँबाट बालबालिका अव्यवस्थित बालगृहमा पठाउने समस्या रहेछ। यहाँको गरिबी, अशिक्षा, जनचेतनाको अभाव र काठमाडौंमा छोरा पढाउने चाहानाले बालबालिका असुरक्षित बालगृहमा जाने समस्या रहेको छ। यसलाई सबैको साझा पहलले रोक्नुपर्छ।  । 

बोर्डिङमा सन्तान पढाउने नाममा ठगियौँ–अभिभावक 
         
छोरालाई काठमाडौँ पढाउने चाहानाले बालबालिकालाई बालगृह पठाउने गरेका छन्ु, जिल्लाको तिलागुफा नगरपालिका वडा नं। २ रताडाकी कृष्णा विकले भनिन्, ु१ लाख २५ हजार एकमुष्ट दिएर कक्षा १० सम्म पढ्न पाउने भनेपछि छोरा वसन्त विकलाई तीनवर्ष अगाडि काठमाडौँ पठाएकी हुँ। यसरी ठगिने कुरा पहिले थाहा पाइनँ। हामीले घरमा छोरा काठमाडौँको बुढानिकन्ठमा पढ्दै होला भन्ने सोचेका थियौँ। तर छोरा काठमाडौँमा व्यवारिसे भएर सरकारले उद्धार गरी जिल्लामा ल्याएपछि बल्ल थाहा भयो। हामी त ठगिएका रहेछौँ।  यस्तै चिल्खायाकै मनकला विकले भनिन्, राम्रो विद्यालयमा सन्तान पढाउने नाममा छोरा काठमाडौँ पठाइयो। चिल्खायाकै जया विकले बुढानिलीकण्ठमा पढाइदिन्छु भनेर १ लाख २५ हजार एकमुष्ट रकम पनि लिए। तर छोरा असुरक्षित बालगृहबाट उद्धार भएको खबर पाएपछि आफू ठगिएको थाहा भयो।उनले भनिन्, राम्रो विद्यालयमा पढ्न छोराको भाग्यमा नै रहेनछ। गरिबीको सबैले फाइदा उठाए। सन्तानको भविष्यका लागि ऋण गरेर काठमाडौँ पठाएको थिएँ। यस्तै पलाँताका करवीर कामीले छोरा विकास कामीलाई काठमाडौँ पढाउनका लागि भनेर एक लाख ८० हजार दिएको बताए। उनले भने, कक्षा १ देखि १० सम्म पढ्नका लागि भनेर एक लाख ८० हजार बुझाएको हुँ। अन्य सबैले एक लाख २५ हजारका दरले रकम बुझाएका रहेछन्।

२०७६ असार ७ गते १:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: