A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

निर्दयी सानीआमा

बालगायक अशोक दर्जीको गीत, ‘आमा जस्तो ठूलो कोही छैन संसारमा’ भन्ने गीत खुबै चर्चामा छ। तर रुपन्देहीको देवदहमा भने तीनै आमाबाट दुई बालबालिका प्रताडित बनेका छन्। आमा गुमाएपछि आएकी सौतेनी सानीआमाको कुटपिटले आठ वर्षीया सिर्जना सारु र १२ वर्षीया शुशिल सारु प्रताडित बनेका हुन्। छोराछोरीलाई पशु व्यवहार गर्ने आमा डिलमाया सारुलाई प्रहरीले पक्राउ गरेको छ। दुई वर्षअघि दुई सन्तान छाडेर डिलमायाले सिर्जना र शुशिलका बाबु जीतबहादुरसँग दोस्रो बिहे गरेकी थिइन। जब घरमा सानाीआमा भित्रिइन् यी दुई बालबालिकाका कष्टका दिन सुरु भए। आमाले कहिल्यै माया त गरिनन् नै खानसमेत दिइनन्। बाबु विदेश भएका कारण उनीहरुले कसैलाई भन्नसमेत सकेनन्। विनाकारण दैनिक कुटिइरहने दाजुबहिनीको पीडा विद्यालयका शिक्षकहरुले पत्तो पाएका छन्। शुक्रबार विद्यालयमा झोक्रिएर बसेका सुशिललाई शिक्षकले कारण सोधे तर बताएनन्। सीता मावि चरङ्गेका शिक्षक लेखनाथ थापाले ढाडमा के छोएका थिए शुशिल ऐया आमा भनेर चिच्याए। ‘सर्ट निकालेर हेर्दा ढाडभरी नीलडाम र चोट थिए’ उनले भने ‘सानी आमाले कसैलाई भनिस भने कुट्छु भन्ने धम्की दिएकाले उनले बोल्न सकेनन्।’शिक्षकले कुटिएर सख्त घाइते देखेपछि बहिनी सिर्जनालाई सोधे। उनको पनि शरीरको विभिन्न अंगमा नीलडाम थिए। ‘दाजुबहिनी नै कुटिएको देखेपछि छिमेकीलाई सोधीखोजी ग¥यौं’ शिक्षक थापाले थपे, ‘घरकै सानीआमाले पिटेको भन्ने रहस्य खुल्यो।’ शिक्षकले प्रहरीलाई खबर गरी दाजुबहिनीको उद्धार गरे।

छोराछोरी कुट्ने डिलमाया सारुलाई प्रहरी पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए। ‘उजुरीका आधारमा आमालाई पक्राउ गरेर अनुसन्धान थालेका छौं’ उनले भने, ‘बालबालिकामाथि कठोर रुपमा कुटिएको छ।’ पीडित दाजुबहिनीको लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनीहरुको फुपुको घरमा पठाइएको उनले बताए। सानीआमा डिलमायाले दाजुबहिनीलाई खानसमेत नदिने गरेको छिमेकीले बताएका छन्। शुसिलले पानीसँग रोटी खान दिने तर त्यही पनि पेटभरी नदिने गरेको बताए। ‘सँधैजसो कालो पाइपले कुट्नुहुन्छ। खाना खान पाइदैन। खाना दिँदा बङगुरलाई खुवाउन ल्याएको बिग्रिएको ब्रेड पानीसँग खानुपर्छ’ दाजुबहिनीले भने, ‘कहिले चिउरा पानीसँग खाएर सुत्छौ, कहिले त चिउरामा रक्सी हालेर जबरजस्ती त्यसैसित खान लगाउनुहुन्छ नखाए पाइपले पिटनुहुन्छ, गाउँका कसैसँग बोले दिनभरी घाममा उभ्याएर राख्नुहुन्छ।’सिर्जना दुई वर्षकी हुँदा उनकी आमाले दोस्रो बिहे गरेर गएकी थिइन्। फुपुकोमा हुर्किएका उनीहरु दुई वर्षअघि मात्रै बाबुको घर फर्किएका थिए। घटनास्थलमा पुगेकी मानवअधिकारकर्मी रिमा बिसीले अमानवीय तवरले बालबालिकामाथि कुटपीट भएको बताइन्। ‘कुटपिट गर्ने, खान नदिने, चर्को घाममा दिनभर बाहिर राख्ने गरेको भेटियो’ उनले भनिन्। बिहिबार मात्रै उनीलाई पानीको पाइपले निर्घात कुटेको पाइएको छ। पटक–पटक सम्झाउँदा पनि डिलमायाको व्यवहार नसुध्रिएको स्थानीय आशा पुनले बताइन। दाजुबहिनीलाई पिटेको देख्दा छिमेकीहरु आफै सहन नसकेर रुँदै घरभित्र बस्ने गरेको अर्की छिमेकी सीता थापाले बताइन्। टोलविकास संस्थालेसमेत छोराछोरी नकुट्न आग्रह गरेको थियो। संस्थाका अध्यक्ष ओमबहादुर रानाले बालबालिकाले न्याय पाउनुपर्ने बताए।

२०७६ असार ८ गते ७:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: