A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionn9v3ltm5po967jug74g44h3kpard99th): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

श्रवण शक्ति नभएको भन्दै विद्यालयले लिएन बालिकाको भर्ना

बढैयाताल गाउँपालिका–४, खैरेनीकी १० वर्षीया राधा पासी विद्यालय भर्ना हुन नपाउँदा शिक्षा लिनबाट वञ्चित भएकी छन् । घर नजिकको विद्यालयले सुस्त श्रणव शक्ति भएको भन्दै भर्ना लिन इन्कार गरेपछि उनी पठनपाठनबाट वञ्चित भएकी हुन् । बालिकाका बुबा राधेश्याम पासीले विद्यालयले सुस्त श्रवण शक्ति भएको भन्दै भर्ना गर्न अस्वीकार गरेको गुनासो गरे । राधाको उमेर पाँच वर्ष पुग्नेबित्तिकै बुबा राधेश्याम पासीले नजिकैको ज्ञानदोय माविमा भर्ना गर्न लगेका थिए । तर विद्यालयले सुस्त श्रणव शक्तिका विद्यार्थीलाई पढाउने छुट्टै व्यवस्था नभएको र अन्य सामान्य विद्यार्थीसँग राखेर पढाउन नसकिने भन्दै भर्ना लिन मानेन । राधा अरु सामान्य मानिससरह प्रष्टसँग बोल्न सक्दिनन् । जन्मैदेखि उनको बोली आउँदैन । आवाजबाट उनीले आफ्ना कुरा अरुलाई भन्न सक्दिनन् । अन्य विद्यालयमा पनि पटक–पटक भर्ना गर्ने प्रयास गरे, बुबा राधेश्याम पासीले । तर पढाउन नसकिने भनेर फिर्ता पठाइयो । घर छेउबाटै गाउँका अरु बालबालिका कापीकलम बोकेर पढ्न गइरहेका हुन्छन् । राधाको पढने इच्छा भए पनि आँगनबाट उनीहरुलाई टुलुटुलु हरेर बस्नुको विकल्प छैन । उनीमा सुस्त श्रवण शक्ति छ । उनी साङ्केतिक भाषा मात्रै बुझ्दछिन् र बोल्दछिन् । नेपाल सरकारले विद्यालयमार्फत आधारभूत तहको शिक्षा अनिवार्य र विद्यालय जाने उमेरका बालबालिका अनिवार्य भर्ना गर्ने नीतिसहित अभियान चलाउँदै आएको छ । शिक्षाको लागि अभियान चालेको भए पनि राधाजस्ता बालबालिका ती नीति र अभियानभित्र पर्न सकेका छैनन् । उनीहरुका लागि आफ्नै घर नजिकको विद्यालयमा विशेष कक्षासहितको विद्यालय नहुँदा शिक्षाबाट वञ्चित हुनुपरेको छ । स्थानीयवासी गणेश विक यस अवस्थाले सरकारले भन्दै आएको सबैलाई अनिवार्य शिक्षाको नाराले साकार रूप पाउनेमा आशङ्का उत्पन्न भएको बताउँछन्।

२०७६ असार ५ गते १०:०४ मा प्रकशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: