जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कक्षा ७ मा अध्ययनरत बालिकालाई हाडनाताभित्र कै व्यक्तिले जबरजस्ती करणी गरेको आरोपमा ५१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनकृष्ण भण्डारीले बताए । बालिका बिरामी भई घरमा एक्लै सुतिरहेको अवस्थामा ती व्यक्तिले २०७५ चैत्र ६ गते जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । आरोपितलाई प्रहरीले मंगलबार म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।
२०७६ असार ४ गते ५:२३ मा प्रकाशित