A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono613jebgnrrlgd1pe4voi7si7kc8cg50): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अपांगता भएका ७८ बढी बालबालिका पढाइबाट वञ्चित

समुदायमा आधारित पुनस्स्थापन (सीबीआर) संस्थामा २०६३ सालमा बहिरा अपांग शिक्षकको एक कोटा थियो। २०६६ जेठ १९ मा शिक्षा विभागबाट थप ६ वटा राहत शिक्षक कोटासहित संस्थाले सातवटा शिक्षक दरबन्दी प्राप्त गरेको छ। राहत शिक्षक कोटाको सहयोगमा सिबिआरले सञ्चालन गरेको विद्यालयमा हाल १५ जना बहिरा तथा ६३ जना बौद्धिक, अटिजम तथा बहुअपाङ्गता भएका जम्मा ७८  बालबालकाले शिक्षा लिइरहेका छन्। स‌ंस्थाले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा २०७४ भदौमा २०७४/७५ का लागि बजेट निकासाका लागि अनुरोध गरेको थियो। संघीय व्यवस्थाको परिवर्तित अवस्था अनुसार स्थानीय निकाय भक्तपुर नगरपालिकालाई २०७४ मंसिर १३ पत्रमा अनुदान दरबन्दी र तलब भत्ता निकासाका लागि पत्र पठाएकोमा नगरपालिकाले उक्त विद्यालयको लागि शिक्षक कोटा र बजेट नै प्राप्त नभएको बताएको छ। यही कारण गत आव तथा चालु आवको तलब भत्ता अहिलेसम्म प्राप्त नभएको स‌ंस्थाको भनाइ छ।  नेपाल सरकारले एकातिर ुसबैका लागी शिक्षाु भनि सबैले शिक्षा पाउने वातावरण सुनिश्चित गर्न संविधान कानुनमा व्यवस्था गरि कार्यान्यवनमा ल्याएको छ भने अर्को तिर पढिरहेका बालबालिकाहरू पनि विद्यालय बाहिर जानुपर्ने अवस्था श्रृजना भएको अधिवक्ता सुदर्शन सुवेदी बताउँछन्। शिक्षकहरूले बिना तलब पढाउनुपर्ने अवस्था रहेको छ र यो सवालमा सरकार जति नै पहल गरे पनि बेखबर र उदासीन रहेको उनको भनाइ छ। २०४२ सालमा गठन र २०५६ सालमा जिल्ला प्रशासन तथा समाज कल्याण परिषदमा दर्ता भई समुदायमा आधारित सीबीआर संस्थाले भक्तपुर सबै प्रकारका अपाङ्गता भएका बालबालिकाका लागि समुदायमै पुनस् स्थापना तथा समावेशी शिक्षाका लागि निरन्तर कार्यरत गर्दै आएको छ। यस संस्थाले भक्तपुर जिल्लामा रहेका ४६६० जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको अवस्था पहिचान गरी २००० जना भन्दा बढी अपाङ्गता भएका बालबालिकालाई समुदायमै उपचारात्मक र पुन स् स्थापना सेवा प्रदान गर्नुका साथै विशेष एवं समावेशी शिक्षामा पहुँचका लागि  काम गर्दै आएको छ। उक्त संस्थाले सुरुदेखि नै विद्यालय जानबाट वञ्चित विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिकालाई समुदायमै सामुदायिक, निजी तथा विशेष विद्यालयहरूमा भर्ना गर्दै आएको छ। २०४३ सालबाट बहिरा बालबालिकालाई तथा२०५३ सालबाट गम्भीर प्रकारका बहुअपाङ्गता भएका बालबालिकाका लागि नमुना दिवा कक्षा सञ्चालन सुरु गरिएको थियो।

२०७६ असार ४ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: