A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionte0qeqb3qp92pofne3nk6kf0p961505f): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

६ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ

इटहरी ९ मा ससुराली घरमा आएका बेला बालिकालाईं जबरजस्ती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी बराहक्षेत्र वडा नं. ६ घर भएका देवेन्द्र गौतमलाई पक्राउ गरेको हो। यात्रुबाहक बसमा चालक काम गर्ने गौतम इटहरी ९ मा ससुराली घर आएको बेला ६ वर्षीया बालिकालाई जबरजस्ती गरेकोमा उजुरी परेको थियो। आफ्नो ससुराली घरमा डेरा गरी बस्ने बागलुङ स्थायी घर भएकी बालिकालाई आमा घरमा नभएको मौका पारेर असार २ गते गौतमले यौन दुर्व्यहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। घटनाक्रम अनुसार बालिकालाई कोही नभएको मौका पारेर गौतमले यौन दुर्व्यहार गरे पनि तत्काल परिवारले थाहा पाएनन्। असार २ गते घटना भएकोमा भोलिपल्ट बालिकाको यौन अंगमा घाउ भएको देखेर उपचार गर्न विराटनगर लगिएको थियो। उपचारका क्रममा चिकित्सकसँग बालिकाले घटनाको फेहरिस्त बताएकी हुन्। ‘उपचार गर्न लगेपछि चिकित्सकले प्रहरीमा उजुरी गर्न सुल्झाएकाले बालिकाका आफन्त असार ५ गते आएर उजुरी दिए’, डिएसपी समिरचन्द्र खरेलले भने, ‘प्रारम्भिक अनुसन्धानमा यौन दुर्व्यहार भएको देखिन्छ। अब जबरजस्ती करणी गरेको रिपोर्ट आएपछि मात्र टुंगो लाग्छ।’ बालिकाको स्वास्थ्य परीक्षणको रिपोट आउन बाँकी  छ। पीडित बालिकाका बाबु वैदेशिक रोजगारमा रहेको र आमा पनि नभएको मौका पारेर गौतमले यौन दुर्व्यहार गरेको खुलेको हो।

२०७६ असार ७ गते ९:५० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: