A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पढाउने भन्दै बालबालिका बेपत्ता पारिँदै

बूढानीलकण्ठ स्कुलमा १० कक्षासम्म पढाउने आश्वासन पाएपछि पचालझरना–५ का ठोसे नेपालीले ७ वर्षीय छोरालाई १ लाख २५ हजार रुपैयाँ ऋण काढेर काठमाडौं पठाए । उनलाई लागेको थियो– धूलोमाटोसँग खेल्ने छोरो राजाका छोराछोरी पढ्ने स्कुलमा गएपछि भविष्य चम्किनेछ ।
तर अहिले भन्छन्, ‘छोरा त दलालको हातमा पुगेछ, यस्तो हालत होला भन्ने सोचेकै थिइनँ । ठगी गर्नेको भलो नहोस् । पलाता–९ का पुने सार्कीले पनि त्यस्तै प्रलोभनमा परेर छोरालाई काठमाडौं पठाए । सरस्वती माविमा ४ कक्षामा पढिरहेको छोरो अब ठूलो मान्छे बन्ला भन्ने सोचेका थिए । तर काठमाडौं जाँदा लैजाने व्यक्तिले छोरा भेट्न नदिएपछि उनको मनमा चिसो पसेको थियो । ‘पैसा बुझाइसकेको थिएँ, त्यही भएर कर नगरी फर्किएँ,’ उनले भने, ‘अहिले पो थाहा भयो, दलालले छोरालाई एक ठाउँ भनेर अर्कै ठाउँ पुर्‍याएको रहेछ । यी दुई प्रतिनिधि पात्र मात्र हुन् । चिल्खायाका जयबहादुर विश्वकर्माको प्रलोभनमा परेर दलित तथा विपन्न अभिभावकले ऋणजोहो गरेर बालबच्चालाई काठमाडौं पठाएका थिए । उनीहरूलाई अवैध बालगृहमा राखेको पाइएपछि उद्धार गरी ल्याइएको छ । बालबच्चा पठाउन अभिभावकले १ लाख २५ हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्म बुझाएका थिए । त्यसबापत बालबालिकालाई १० कक्षासम्म पढाइदिने आश्वासन पाएका थिए । ‘पैसा मागेपछि विश्वासमा परेर दियौं, कागज पनि गरेनौं,’ ठोसेले भने, ‘चिनेजानेका अरूले पनि दिएपछि मैले पनि पैसा र छोरो दिएर पठाएँ ।’ जयबहादुरको समूहमा अरू को थिए भन्ने आफूलाई जानकारी नभएको उनले बताए । जयबहादुरले सरकारी निकायमा दर्ता नै नरहेको काठमाडौं, गोल्फुटारस्थित न्यु कर्णाली होस्टेलमा दयनीय रूपमा बच्चाहरू राखेको पाइएपछि वैशाख २३ गते केन्द्रीय बालकल्याण समिति र महानगरीय प्रहरी प्रभागले छापा मारेको थियो । टोलीले कालिकोटका १२ बालबालिकाको उद्धार गरेको थियो । ४ जनालाई प्रहरी खोजतलास केन्द्रले काठमाडौंमै अभिभावकको जिम्मा लगाएको थियो । त्यहाँ अभिभावक नभएका ८ जनालाई आवश्यक संरक्षणसहित अभिभावकको जिम्मा लगाउने गरी साझा मञ्च नामक गैरसरकारी संस्थालाई हस्तान्तरण गरेको थियो । आठै जनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालयको रोहबरमा अभिभावकलाई बुझाइएको मञ्चका प्रतिनिधि दीपक कोइरालाले बताए । यति थोरै रकमले १० वर्षसम्म काठमाडौंको राम्रो विद्यालयमा पढ्न पाउने आश्वासनमा ऋणसापट गरेर तिरेका अभिभावक अहिले पछुताएका छन् । धनरूप विकले बूढानीलकण्ठ स्कुलमा पढाउन प्रलोभन दिएपछि छोरीलाई पठाएको बताए । ‘अहिले छोरीको पढाइ पनि बिग्रियो, पैसा पनि छैन,’ उनले भने, ‘उजुरी गरौं भने कागज पनि छैन ।’ प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, प्रहरी निरीक्षक देवेन्द्र मल्ल, बालअधिकारकर्मी रामबहादुर रावतसहितको उपस्थितिमा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको हो ।

को हुन् जयबहादुर ?
स्थानीयका अनुसार तिलागुफा–९, चिल्खायाका २५ वर्षीय जयबहादुरले स्थानीय शिवालय माविबाट एसएलसीसम्म पढेका छन् । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं गएका उनले त्यहाँ मार्केटिङ कम्पनीमा काम गरे । पछिल्लो समय उनले गाउँबाट सोझासिधा अभिभावकलाई प्रलोभनमा पारेर बालबालिका काठमाडौं ओसारे । ती बालबालिकालाई उनी अवैध रूपमा चलाएको कर्णाली होस्टेलमा राख्थे।

२०७६ असार ८ गते ८:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: