A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भावुक सुसाइट नोट लेखेर आत्महत्या गरे ११ वर्षीय बालकले

ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन्। असार ७ गते राती ९ बजेतिर घरभित्रै उनी झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। बेलुकीको खाना खाइसकेर आमा र दिदी पल्लो घरमा टिभी हेर्न गएको र बुबा पनि माथिल्लो गाउँमा गएको बेला बालकले हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ। उनका काका शुकबहादुर तामाङले घरमा एक्लै भएको अवस्थामा बालकले आत्महत्या गरेका बताए। उनका अनुसार समिरले स्कुलमा सर र घरमा दाई भाउजूले हेपेको कुरा बताएका थिएनन्। पढाईमा पनि उनी मेधावी थिए। ‘बावुको स्वभाव आनन्दको थियो, झगडा पनि गर्दैन्थ्यो, पढाईमा पनि टाठो थियो, एउटा बच्चालाई कसरी यस्तो सोच आयो बुझ्न कठिन भएको छ,’ समिरका काका शुकबहादुरले भने। उनले लेखेको सुसाइट नोटका आधारमा प्रहरीले अनुसन्धान थालेको छ। ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बच्चाले आत्महत्या गर्ने आँट कसरी राख्यो भन्ने विषयमा प्रहरीले गहिरो अनुसन्धान थालेको बताए। ‘हामीले सुसाइट नोट पनि हेरिसकेका छौं, केही कुरा शंकास्पद देखिएको छ,’ उनले भने, ‘यसबारे गहिरो अनुसन्धान हुन्छ।

यस्तो छ उनले लेखेको सुनाइट नोटः 

मेरो नाम समिर लुङ्वा हो। म कक्षा ५ मा पढ्छु। मेरो रोल नम्बर ५ हो। आज म केही कुरा भन्न चाहन्छु। म धेरै दुःखमा छु। मलाई कसैले माया गर्दैनन्। कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने गर्नुहुन्छ। घरमा मलाई दाई भाउजूले हेलाँ गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु। सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म विरामी हुँदा विरामी भाको छैन भने। म यति भन्दै बिदा माग्छु। म ११ वर्षको भए, म जन्मेको महिना कात्तिक १४ गते हो।

२०७६ असार ९ गते ९:२४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: