A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालगृहबाट उद्धार गरिएका २४ बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो

काठमाण्डौको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा राखिएका हुम्लाका २४ जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।बालगृहबाट उद्धार गरिएका हुम्लाका २४ जना बालबालिकालाई प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सम्बन्धित वडाध्यक्ष र सुरक्षा निकायको रोहबरमा अभिभावकलाई बुझाइएको हो । कक्षा १२ सम्म निःशुल्क पढाइदिने भन्दै हुम्लाका विभिन्न गाउँबाट काठमाण्डौैको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा अलपत्र पारिएका बालबालिकाको उद्धार गरिएको हिमाली नवीन समाज नामक संस्था हुम्लाका कार्यकारी निर्देशक धनबहादुर लामाले बताउनुभयो । अवैध रुपमा विभिन्न जिल्लाबाट ऐश्वर्य बालगृहमा पुर्यारइएका १ सय २४ जनामध्ये हुम्लाका ८४ जना बालबालिका रहेको यो संस्थाले जनाएको छ ।  केन्द्रीय बाल कल्याण समिति, बालबालिका खोजतलास केन्द्र, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र हिमाली नवीन समाज हुम्लाको पहलमा बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको हो । बालगृहले आवश्यक मापदण्ड नै पूरा नगरी बालगृह सञ्चालन गरिरहेको थियो । कतिपय बालबालिकालाई विद्यालयसमेत नपठाएको पाइएको थियो। बालबालिकाको स्वास्थ्य अवस्थामासमेत वास्ता नगरेको पाइएपछि उनीहरुको उद्धार गरिएको थियो । बालबालिकालाई आफन्तको जिम्मा लगाउँदै प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बालबालिका ओसार–पसारमा संलग्न सबैमाथि अनुसन्धान गरी कारवाही गरिने बताउनुभयो । गाउँमा अभिभावकबाट ३० हजार देखि १ लाखसम्म रकम लिएर कक्षा १२ सम्म निःशुल्क पढाइदिने भन्दै बालबालिकालाई काठमाण्डौ लगेको सिमकोट–१ कुम्ली गाउँका रामभक्त उपाध्यले बताउनुभयो।

२०७६ असार ८ गते १२:५० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: