A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7dtpulpsimkrnb9i8clbt29jdh8stqdo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमै प्याडको व्यवस्था

छात्राहरूलाई महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड विद्यालयमै व्यवस्था गरिएको छ। महिनावारीको समयमा विद्यालय नआउने छात्राहरूलाई मध्यनजर गर्दै सुनकोशी गाउँपालिका मूलखर्कस्थित चौतारा माध्यमिक विद्यालयका छात्रालाई विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिएको हो। सुनकोशी गाउँपालिका–५ को सहयोगमा विद्यालयमा एक हजार थान प्याडको व्यवस्था गरिएको छ। महिनामा पाँच दिन रजस्वला भएको समयमा विद्यालय नआउने छात्राहरूलाई विद्यालयमै प्याडको व्यवस्था गरेर नियमित विद्यालय आउने वातावरण बनाउन प्याडको व्यवस्था गरिएको वडाध्यक्ष गोविन्दराम तामाङले बताए। सेनेटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरक्षित र अध्ययनमा सहज हुने उनको भनाइ छ। विद्यालयमा सेनेटरी प्याड अभाव हुन नदिने वडाध्यक्ष तामाङले प्रतिबद्धता जनाएका छन्। वडाले उपलब्ध गराएको प्याड विद्यालयका माथिल्लो कक्षाका छात्रा र शिक्षिकाको व्यवस्थापनमा रहनेछ। आवश्यक परेको खण्डमा छात्राहरूले निःशुल्क मागेर प्रयोग गर्न सक्ने विद्यालयका प्रधानाध्यापक कमल कटुवालले बताए। ‘महिनावारी भएकै कारण छात्राहरू स्कुल आउन नसक्ने अवस्था थियो,’ उनले भने, ‘अब सहज हुने भयो।’विद्यालयमा उपलब्ध गराइएको प्याडले छात्राहरूको पढाइमा सहयोग पुग्ने सुनकोशी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विवेक तामाङले बताए।

२०७६ असार ११ गते ३:०१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: