A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuh6q9m1fauhj8tmo6sgn9lftabojp59a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१५ हजार सात सयले दिएनन् एसईई :कुन प्रदेशमा कतिले छाडे परीक्षा ?

१५ हजार ७२८ जना विद्यार्थीले एसईई परीक्षा नदिएरै विद्यालय छाडेको पाइएको छ। देशभरबाट जम्मा ४ लाख ७५ हजार ३ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ४ लाख ५९ हजार २७५ जनामात्र सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकमा उल्लेख छ। परीक्षा नदिने विद्यार्थीमध्ये छात्रको संख्या ६ हजार ३०४ छ। त्यस्तै छात्राको संख्या ९ हजार ४२४ रहेको छ। एसईईको फारम भरेका २ लाख ३६ हजार ४४५ जना छात्र मध्ये २ लाख ३० हजार १४१ जना छात्र परीक्षामा सहभागी भएका थिए। त्यस्तै एसईईको फारम भरेका २ लाख ३८ हजार ५५८ जना छात्रा मध्ये २ लाख २९ हजार १३४ जना छात्रा परीक्षामा सहभागी भएको तथ्यांकमा उल्लेख छ। प्रदेश–१ मा मात्र फारम भरेर २ हजार ७४२ विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा ३ हजार ८१ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ८१ हजार ७६ जना परीक्षामा सहभागी भएका छन्। त्यस्तै प्रदेश–२ मा फारम भरेर परीक्षा नदिने विद्यार्थीको संख्या ४ हजार ११४ जना छ। प्रदेशभरबाट जम्मा ७० हजार ५६८ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ६६ हजार ४५४ जना परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कार्यालयको तथ्यांक छ। 

प्रदेश–३ मा भने ९९६ विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा १ लाख ६ हजार २ विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा १ लाख ५ हजार ६ जना परीक्षामा सहभागी भए। गण्डकी प्रदेशमा फारम भरेर परीक्षा नदिने विद्यार्थीको संख्या ७१७ जना छ। प्रदेशभरबाट जम्मा ४८ हजार ३६ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ४७ हजार ३१९ जना परीक्षामा सहभागी तथ्यांक छ। त्यस्तै प्रदेश–५ मा मात्र एसईई नदिने विद्यार्थीको संख्या १ हजार १३९ छ। प्रदेशभरबाट जम्मा ७६ हजार ९८३ विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ७५ हजार ८४४  सहभागी भएका थिए। कर्णाली प्रदेशमा भने २ हजार ६५८ जना विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा ३५ हजार ६२४ विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ३२ हजार ९६६ जना परीक्षामा सहभागी भएका थिए।सूदुरपश्चिम प्रदेशमा फारम भरेर ३ हजार ३६२ विद्यार्थीले एसईई परीक्षा दिएनन्। प्रदेशभरबाट जम्मा ५३ हजार ९७२ जना विद्यार्थीले फारम भरेपनि एसईई परीक्षामा ५० हजार ६१० मात्र परीक्षामा सहभागी भएका थिए।

२०७६ असार १२ गते ६:२९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: