A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार घटना दबाउन पञ्चायती

स्थानीय ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको अभियोगमा पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२७, उदयपुर–घुर्मीका २० वर्षीय राकेश यादवलाई खोजी गरिरहेको छ। गत बुधवार राति दिसा गर्न घरबाहिर निस्केकी ती बालिकालाई सलले मुख छोपी एकान्तमा लगी बलात्कार गरेको उजुरी परेपछि यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी अनन्तराम शर्माले बताए। यादवले सुरुमा जन्ती हेर्न निस्केको बेला बालिकालाई जिस्काएको र पछि मौका छोपेर जबर्जस्ती करणी गरेको पीडित बालिकाको परिवारले जनाएको छ।प्रहरीले पीडित बालिका तथा उनका परिवारजनको बयान र लिखित उजुरीका आधारमा अनुसन्धान अघि बढाएको छ। पीडित बालिकालाई नारायणी अस्पतालमा ‘मेडिकल’ जाँच गराएर परिवारको जिम्मा लगाएको छ। घटना प्रहरीमा पुग्नुअघि गाउँमै पञ्चायती गरी मिलापत्र गर्न दबाब दिइएको पीडित परिवारले बताएको छ। गाउँलेको प्रलोभन र प्रभावमा परी परिवारले पीडित बालिकालाई मामाघर पु¥याएका थिए। घटनापछि गाउँमैं बसेर पञ्चायती गरी मिलापत्र गराउन र घटना गोप्य राख्नमा सक्रियता देखाएको आरोपमा स्थानीय शिक्षक साहेब यादवलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो। शिक्षक यादवलाई तारेखमा रिहा गरिएको पर्सा प्रहरीले जनाएको छ। जबरजस्ती करणीको घटना संवेदनशील हो, यसमा अनुसन्धान भइरहेको छ,’ पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने, ‘आरोपीलाई पक्राउ गर्ने प्रयासमा छौं।

२०७६ असार १५ गते ९:०७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: