A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी कुट्ने शिक्षकलाई मुद्दा

विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेकी रुन्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । उनलाई बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ । पुन एक महिनाअघि १४ छात्रछात्रालाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी थिइन् । कुटपिटले आधा दर्जन विद्यार्थीको हात प्लास्टर गर्नुपरेको थियो । उनी जिल्ला अदालतको आदेशमा ४० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेकी छन् । जिल्ला न्यायाधिवक्ता केदारनाथ उपाध्यायका अनुसार बालबालिका ऐनको परिच्छेद ८ अन्तर्गत दफा ६६ को उपदफा २ को घ र ङ अनुसार सजाय माग गरी मुद्दा दर्ता गरिएको हो । उक्त कानुनमा बालबालिकाविरुद्धको कसुरअन्तर्गत विद्यालयमा बालबालिकामाथि शारीरिक, मानसिक, अमर्यादित व्यवहार र कुटपिट गरे यसैअनुसार कारबाही गर्न सकिने व्यवस्था छ । शारीरिक चोट पुर्‍याउने वा आतंकित पार्ने, भेदभाव, तिरस्कार, बहिष्कार, घृणा गरेसमेत उक्तऐनअनुसार कारबाही गर्न सकिन्छ ।गत जेठ १२ गते भएको घटना एक सातापछि सार्वजनिक भएको थियो । कुटपिट घटनापछि प्रहरीले शिक्षिका पुनलाई हिरासतमा लिएको थियो । प्रहरीले सुरुमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधा विषयमा मुद्दा दर्ता गर्न प्रमाण पेस गरे पनि जिल्ला सरकारी वकिलको कार्यालयले घटनाको गम्भीरताहेरी छुट्टै मुद्दा दर्ता गरेको हो ।सरकारी वकिल कार्यालयले विद्यार्थी कुट्ने शिक्षिकामाथि कानुनी कारबाहीको माग गर्दै भविष्यमा पुनः योग्य नहुने गरी फैसला गर्न अदालतमा माग गरेको छ । कार्यालयले कारबाहीका लागि उक्त ऐनको दफा ६७ अनुसार फैसलाको माग गरेको हो । उक्त दफामा ‘सार्वजनिक वा निजी संस्थामा काम गर्ने व्यक्तिले बालबालिकाविरुद्ध कसुर गरेको ठहरे निजलाई प्रचलित कानुनबमोजिम बर्खास्त गरी कसुरको गम्भीरता र प्रकृतिका आधारमा भविष्यमा बालबालिकासँग प्रत्यक्ष सम्पर्क राखिरहनुपर्ने कार्यका लागि वा त्यस्तो निजी संघसंस्थामा नियुक्त, मनोनीत वा निर्वाचित हुन १० वर्षसम्म योग्य मानिने छैन’ भन्ने उल्लेख छ। न्यायाधिवक्ता उपाध्यायले बालबालिकामाथि दुर्व्यवहार गर्नेविरुद्ध मुलुकमै पहिलोपटक उक्त ऐनअनुसार मुद्दा दायर गरिएको दाबी गरे । उक्त ऐन अघिल्लो वर्षदेखि लागू भएको नयाँ मुलुकी ऐनअन्तर्गत ल्याइएको हो । शिक्षक पुनले स्थानीयले घटना बंग्याएको आरोप लगाइन् । एकै दिन १४ जना विद्यार्थीमाथि कुटपिट र ५ जनाको हात भाँचिएपछि उनले उपचार खर्चका लागि ६० हजार रुपैयाँ पीडितलाई बुझाइसकेको बताइन् । विद्यार्थीको आनीबानी सुधार्न सामान्य रूपमा कुटेकी हुँ,’ उनले भनिन्, ‘तर हात भाँचिएको भनियो । ममाथि अन्याय भएको छ।

२०७६ असार १३ गते ८:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: