समाचारमा बालबालिका

चट्याङ लागेर तीनजना बालकको मृत्यु

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। राप्ती गाउँपालिका ४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रुखमा चढेका बेला चट्याङले तीनजनाको ज्यान लिएको हो। चट्याङले राप्ती गाउँपालिका ३ मौरीघाटका ११ वर्षीय रमित चौधरी र विनास चौधरी, १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए। जामुनको रुखमा चारजना खेली रहेका बेला चट्याङ परेको थियो । तीनजनाको घटना स्थलमै मृत्यु भएको र एक जना घाइते भएको पाण्डेले बताए।

२०७६ असार १० गते ८:२८ मा प्रकाशित