A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessions6b608ukldqah1mrt3htk841ltl0golc): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बन्दले ८० लाख विद्यार्थीको पढाइ प्रभावित

नेत्रविक्रम चन्द समूहको बन्दले मंगलबार देशभर करिब ८० लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएयता चन्द समूहले तीन पटक नेपाल बन्द र एकपल्ट शैक्षिक हडताल गरिसकेको छ । त्यसले विश्वविद्यालयका साथै सामुदायिक र निजी विद्यालयका विद्यार्थीको पढाइ बिथोलिएको छ । पछिल्लो पटक सरकारले चन्द समूहमाथि प्रतिबन्ध लगाएपछि सबैभन्दा बढी शैक्षिक क्षेत्र प्रभावित भएको हो । २९ हजार सामुदायिक र ७ हजार निजी विद्यालयका साथै प्लस टु कलेज, त्रिविलगायत अन्य विश्वविद्यालयको पठनपाठन बन्द र शैक्षिक हडताल घोषणा गर्नेबित्तिकै ठप्प हुने गरेको छ । विद्यालयदेखि प्लस टुसम्म करिब ७३ हजार र त्रिविलगायत अन्य विश्वविद्यालयमा ७ लाख विद्यार्थी अध्ययन गर्दै आएका छन् । चन्द समूहले वैशाख ५ गते पार्टीमाथि प्रतिबन्धको विरोधमा, जेठ १३ मा भोजपुरमा तीर्थ घिमिरे मारिएको विरोधमा र असार १० गते सर्लाहीमा कुमार पौडेल मारिएको विरोधमा बन्दको आहवान गरेको हो । उसको भ्रातृ संगठन अखिल ९क्रान्तिकारी० ले विद्यार्थी नेता गिरफ्तारको विरोधमा असार ६ गते ११ वटा जिल्लामा शैक्षिक हडताल घोषणा गरेको थियो । त्यस दिन ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुका सम्पूर्ण विद्यालय बन्द भएका थिए । ती जिल्लाबाट उसका विद्यार्थी नेतालाई प्रहरी गिरफ्तार गरेको थियो ।शैक्षिक सत्रको सुरुमै लगातार भइरहेको बन्दरहडतालले पढाइ बिथोलिएको गुनासो विद्यार्थी, अभिभावक, निजी विद्यालय सञ्चालक र शिक्षाविद्ले गर्न थालेका छन् । पूरै शैक्षिक सत्रको पढाइ प्रभावित हुन सक्ने भन्दै उनीहरूले चिन्तासमेत व्यक्त गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन नेपाल ९प्याब्सन० र नेसनल प्याब्सनका अधिकारीले विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेकाले सरकार र बन्दरहडताल गर्ने पक्षले गम्भीर भएर सोच्न जरुरी रहेको बताएका छन् । प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले राजनीतिक बन्दले सबैभन्दा धेरै शिक्षा क्षेत्रलाई प्रभावित बनाएको बताए । ‘हामीले आफ्नो शैक्षिक क्यालेन्डरअनुसार शिशु कक्षादेखिका बालबालिकालाई पढाउँछौं,’ उनले भने, ‘कुनै पक्षबाट आधिकारिक सूचना पाएर विद्यालय बन्द गरेका छैनौं । सरकारले सुरक्षाको प्रबन्ध गर्न सक्दैन । अचानक बन्द गर्नुपर्दा बालबालिकालाई मानसिक तनाव झेल्नुपरेको स्थिति छ ।’नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जुनसुकै पक्षका निम्ति ‘बन्दरहडताल’ सबैभन्दा सस्तो बनेको टिप्पणी गरे । ‘राजनीतिक विषय जोडेर शैक्षिक हडताल गर्ने प्रवृत्ति हावी हुन पुग्यो,’ उनले भने, ‘सरकारले शान्ति क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिएर सरकारी विद्यालय मात्र खुलाउन सकेको भए पनि उत्तम हुन्थ्यो, तर त्यो वातावरण बन्न सकेन ।’अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले विद्यालय शान्ति क्षेत्र भनेर घोषणा गरिए पनि राजनीतिक आन्दोलन र मागको चेपुवामा बालबालिकालाई पारिएको बताए । ‘विगत द्वन्द्वको समयमा विद्यालय र बालबालिका मारमा परेको कुरा हामी बिर्सन सक्तैनौं,’ उनले भने, ‘कलिला अबोध बालबालिकाले राजनीतिक माग र मुद्दा समाधान गर्न सक्छन् रु सक्दैनन् । ती अबोध बालबालिकाको पढ्न पाउने हकलाई हनन गर्न मिल्दैन । यसतर्फ सरकार र अन्य जुनसुकै पक्ष संवेदनशील बन्नुपर्छ ।’शिक्षालय बन्द हुन नदिन सरकारी संयन्त्र निरीह बनेको उनको गुनासो छ । ‘विद्यालय शान्ति क्षेत्र हो, कुनै पनि बहानामा बन्द गरिनु हुन्न भन्ने शब्दमात्रै हुनु भएन,’ उनले भने, ‘कसैलाई बन्द नगर्नुहोस् भनेर हामी रोक्न त सक्तैनौं, तर कुनै पनि बन्दका आयोजकलाई हामी विद्यालय बन्द नगर्न र कलिला विद्यार्थीको पढ्न पाउने हकको सम्मान गर्नोस् भन्छौं ।’शिक्षाविद् प्राध्यापक मनप्रसाद वाग्लेले बन्दरहडताल गर्नु सर्वसाधारणको स्वतन्त्रतामाथि धावा बोल्नु भएको बताए । ‘बन्द त्यसै अपराध हो,’ उनले भने, ‘लाखौं बालबालिका, किशोरकिशोरीको भविष्य जोडिएको विद्यालय, कलेज बन्द गर्नु अर्को ठूलो अपराध हो । जुनसुकै दललाई त्यो अपराध नगर भन्नुबाहेक हामीसँग उपाय छैन।

२०७६ असार ११ गते ७:१० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: