A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शिक्षकको कुटाइबाट तीन छात्रा घाइते

छथरजोरपाटी गाउँपालिकास्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षकको कुटाइबाट तीन जना छात्रा घाइते भएका छन्। शिक्षक यशुन ओझाले पाइपले कुटपिट गर्दा कक्षा दशका विद्यार्थी चन्द्रकला मगर, विभूति सुब्बा र अस्मिता मगर घाइते भएका हुन्। कक्षा कोठामा प्रश्न सोध्ने क्रममा उत्तर नदिएपछि छात्रालाई शरीरका विभिन्न भागमा कुटपिट गरिएको पीडितले बताए।  कुटपिटबाट छात्राहरुको पिडुला, हात र पिठ्युमा निलडाम बसेका छ। पाइपले कुटपिट गर्न थालेपछि आफुलाई उत्तर आए पनि त्रासले बिर्सिएको विभूतिले बताइन्। शिक्षक ओझाले विगतदेखिनै कुटपिट गर्ने गरेको उनीहरुले आरोप छ। कुटपिटमा परेका विद्यार्थीहरु दुखाइले राति निदाउन नसकेको अभिभावक गीताले बताइन्। उनले भनिन्, ‘सुरुमा अप्ठेरो गरेर हिँडेको देखेपछि सोधपुछ गर्दा अन्यत्र पनि निलडाम देखें।’ छोरीलाई गोरुजस्तै चुटेको उनको दाबी छ। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो। दुखाइ कम हुने औषधि सेवनपछि हिँड्डुल गर्न सहज भएको घाइतहरुले बताए।  बिहीबार विद्यालयमा पुगेका घाइते छात्राका अभिभावकले कुटपिटमा संलग्न शिक्षकलाई लिखित रुपमा कारबाही गर्न माग गरेका छन्। शिक्षकलाई निस्कासन, उपचार खर्च व्यहोर्नु पर्नेलगायतका माग अघि सारेका छन्। विद्यालय प्रशासन, व्यवस्थापन समिति र घाइते विद्यार्थीका अभिभावकबीच छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन।  घटनाबारे विद्यालयका प्रिन्सिपल साधना भुजेलले पढ्न कमजोर विद्यार्थीलाई निजी स्कुलले डरत्रास देखाउनु सामान्य रहेको बताइन्। तर, शिक्षक ओझाले गर्नै नहुने गल्ती गरेकाले अभिभावकको सामु क्षमायाचना दिन लगाएको बताइन्।

२०७६ असार १३ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: