A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8fqq96drq9bvv6p79g540m8ce5tl4e92): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कक्षामै यातना

गोरखा नगरपालिका–११ को सेन्ट जोसेफ बोर्डिङ स्कुलमा एक बालकलाई यातना दिएको दाबी गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । किताब नल्याएको भन्दै कक्षा ५ का १० वर्षीय श्रीयन्स श्रेष्ठलाई विज्ञान शिक्षिका मनीषा मगरले सोमबार कुटपिट गरेको पीडित पक्षको आरोप छ । ‘छोराको ढाडभरि नीलडाम छ,’ श्रेष्ठकी आमा सिर्जनाले भनिन्, ‘१२ बजेतिर मिसले कुट्नुभएको रहेछ । साँझ घरमा कपडा फेर्न लाग्दा नीलडाम देखेर छक्क परें । सामान्य गल्तीमा यातना दिइएकाले शिक्षिकालाई कारबाही हुनुपर्ने उनले बताइन् । ‘गल्ती गर्‍यो भन्दैमा बच्चालाई यसरी पिट्न कहाँ पाइन्छ रु’ उनले भनिन् । आफूलाई ढाड र हातमा कुटिएको श्रीयन्सले बताए । ‘किताब छ कि छैन सोध्नुभयो, तल च्यापिएको रहेछ, पछि देखाएँ,’ उनले भने, ‘त्यही कारण स्केलले धेरैपटक पिट्नुभयो, सरी भन्दा पनि चाहिँदैन तेरो सरी भन्दै पिटिराख्नुभयो ।’घटनाबारे साँझ मात्र थाहा पाएको सहायक प्रिन्सिपल फादर सुनीलले बताए । ‘बच्चालाई मैले पनि साँझ भेटें, दाग बसेको हिसाबले पिट्नचाहिँ पिट्नुभएकै रहेछ,’ सुनीलले भने । ‘प्रिन्सिपल पनि हुनुहुन्न, समितिको बैठक बसेर के गर्ने निर्णय लिन्छौं ।’ घटना प्रहरीकोमा पुगिसकेकाले छलफलकै क्रममा रहेको उनले बताए । निवेदन हेरेर कारबाही प्रक्रिया अघि बढाउने एसपी भोला रावलले बताए । ‘ठाडो निवेदन दर्ता भएको छ, अब कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने।

२०७६ असार १० गते ७:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: