A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थीद्वारा आत्महत्या, विद्यालयको यातनाका कारण आत्महत्या गरेको परिवारको आरोप

सोमबार लालबन्दी नगरपालिका–२ स्थित लर्ड ब्राइट विज्डम इङ्लिस स्कुलको निर्माणाधीन होस्टल भवनमा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका अमन चौधरीले यातना सहन नसकेर आत्महत्या गरेको परिवारजनले दावी गरेका छन् । ‘विद्यालयले मेरो छोरालाई पटक–पटक कठोर यातना दिने गरेको पाइएको छ,’ चौधरीका बुबा अस्मिनकुमारले भने, ‘यातना सहन नसकेकै कारण उनी तन्नाको पासो लगाएर झुण्डिएका हुन् ।’ विद्यालयकै कारण छोराको ज्यान गएको भन्दै उनले घटनाको गम्भीर ढंगले छानविन गर्न मागसमेत गरेका छन् । चौधरीका परिवार तथा आफन्तले मंगलबार साँझ एक घण्टा विद्यालय अगाडि बालकको शवसहित प्रदर्शनसमेत गरे ।सोमबार बिहान मात्र अस्मिनकुमार चौधरी श्रीमतीसहित छोरालाई भेट्न विद्यालय पुगेका थिए । भेटमा छोराले आफूलाई विद्यालयमा पटक–पटक यातना दिने गरेको बताएको उनको भनाइ छ । ‘होस्टलमा रहेको मेरो छोरालाई केहीअघि मात्र पनि पनि हर्लिक्स चोरेको आरोपमा कुटपिट गरिएको रहेछ,’ उनले भने, ‘त्यस्तै आफ्नै कक्षाको साथीलाई जिस्काएको आरोपमा पनि उनलाई एक महिनाअघि कपडा खोलेर मरणासन्न हुने गरी कुटपिट गरिएको रहेछ ।’विद्यालयका प्रिन्सिपल सुदिप कार्कीले भने परिवारजनले लगाएको आरोप निराधार रहेको दावी गरेका छन् । ‘परिवारजनले भनेजस्तो बालकलाई कुनै किसिमको यातना दिइएको थिएन,’ उनले भने, ‘यद्यपि पछिल्लो केही दिनयता उनले विद्यालयमा नपढ्ने बताउँदै आएका थिए । उनले किन यस्तो भनेका थिए भन्ने चाहिँ थाहा भएन ।’ उनले विद्यार्थीलाई गल्ती गर्दा सामान्य सजाय भने दिने गरिएको स्वीकार गरे । घटनाको विषयमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।विद्यालयको कक्षा ८ मा अध्ययनरत चौधरीलाई होस्टलको निर्माणाधीन भवनमा तन्नाको पासो लगाएर झुण्डिएको देखेलगत्तै अन्य विद्यार्थी तथा शिक्षकले उद्धार गरेर तत्काल नमुना अस्पताल पुर्‍याएका थिए । तर अस्पतालले चौधरीलाई तत्काल मृत घोषणा गरेको थियो । पढाइसँगै खेलकुदमा पनि निकै राम्रो रहेका चौधरी विगत चार वर्षदेखि सोही विद्यालयमा अध्ययनरत थिए ।

२०७६ फागुन ६ गते ८:५४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: