A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

२० वर्ष नपुग्दै गर्भवती

भरतपुर महानगरपालिका–२२ पटिहानीकी आशिमा चौधरी १८ वर्षकी भइन् । १० कक्षा पढ्दै गरेकी उनको बिहे भएको आठ महिना भयो । उनी हाल गर्भवती छिन् । गर्भ रहेको थाहा पाएर पनि स्वास्थ्यचौकी जान लाज मानेकी उनलाई स्वास्थ्य स्वयंसेविकाले घरमै पुगेर जाँच गरे । वडा नम्बर २२ ले सुरु गरेको हरियो झन्डा राख्ने अभियानअन्तर्गत उनको घर पुगेका स्वयंसेविकाले छिमेकीमार्फत उक्त घरको सदस्य गर्भवती भएको थाहा पाएका थिए । आशिमालाई स्वास्थ्यको ख्याल राख्न र चारपटकसम्म स्वास्थ्यचौकीमा जाँच गराउन उनीहरूले सुझाएका छन् । आशिमाकै छिमेकको अर्को घरमा पनि हरियो झन्डा राखिएको छ । घरकी बुहारी १७ वर्षकी सुनिता बोटे चार महिनाकी गर्भवती छिन् । आठ कक्षा पढ्दै गर्दा बिहे गरेकी उनले गर्भ रहेपछि विद्यालय जान छाडिन् । गर्भ जाँच गराउन उनी पनि स्वास्थ्यचौकी पुगेकी छैनन् । झन्डा राख्न उनको घर पुगेका स्वयंसेविकाले नियमित जाँच गराउन र आइरन चक्की खान सुझाएका छन् । वडा नम्बर २२ मा आशिमा र सुनिताजस्तै अरू तीन जना २० वर्ष उमेर नपुगेका युवती गर्भवती छन् । पुसमा पहिलोपटक गर्भ जाँचका लागि स्वास्थ्यचौकी पुगेका १७ जनामध्ये पाँच जना २० वर्ष उमेर नपुगेका छन् ।गत मंसिर १९ देखि महानगरले वडाका सबै घरधुरी सर्वेक्षण गरी गर्भवती भएकाको घरमा हरियो झन्डा राख्ने काम सुरु गरेको हो । त्यसयता ११० घरमा झन्डा राखिएको पटिहानी स्वास्थ्यचौकीकी एएनएम प्रियंवदा शर्माले बताइन् । सुरुमा महिला स्वयंसेविकाले गर्भवती भएको घरको पहिचानपछि स्वास्थ्यचौकीमा सिफारिस गर्छन् । त्यसपछि ती घरमा हरियो झन्डा राखिन्छ । ‘हरियो झन्डा भएका घरमा महिला स्वास्थ्य स्वयमंसेविकाको निगरानी रहन्छ,’ शर्माले भनिन्, ‘यो अभियानले गर्भावस्थामा आउने जोखिम कम गर्न मद्दत पुग्ने विश्वास लिएका छौं ।’

भरतपुर महानगरको स्वास्थ्य महाशाखाका अनुसार यस आर्थिक वर्षको पुस मसान्तसम्म वडा नम्बर २२ मा २० वर्षभन्दा कम उमेरका १० जना महिलाले पहिलोपटक स्वास्थ्यचौकीमा गर्भ जाँच गराएका छन् । यस आर्थिक वर्षको पुस मसान्तसम्म २० वर्ष नपुग्दै गर्भवती भएका २ हजार ८५ जना पहिलोपटक स्वास्थ्यचौकी पुगेका छन् । २० वर्षभन्दा कम उमेरका गर्भवतीले नियमअनुसार चौथो महिनामा गर्भ जाँच गराउने संख्या ८२८ छ भने नियमअनुसार चारपटकसम्म गर्भ जाँच गराउनेको संख्या जम्मा ३५८ छ । गर्भ जाँच गराउन आएका २० वर्षभन्दा कम उमेरका गर्भवतीमध्ये ३९ प्रतिशतले चौथो महिनामा गर्भ जाँच गराएको देखिन्छ भने १७ प्रतिशतले मात्रै प्रोटोकलअनुसार चारपटक स्वास्थ्य जाँच गराएका छन् । वडा नम्बर १० मा मात्रै यस आर्थिक वर्षको पुस मसान्तसम्म २० वर्ष नपुग्दै गर्भवती भएका १ हजार ८४१ युवती पहिलोपटक गर्भ जाँच गराउन स्वास्थ्य संस्था पुगेका छन् । चारपटक पुग्नेको संख्या भने २१० मात्र छ । वडा १६ मा २० वर्ष नपुग्दै गर्भवती भएका ३२ युवती पहिलोपटक स्वास्थ्य संस्था पुगेका छन् । भरतपुर महानगरभित्र सुरक्षित गर्भपतन सेवा लिने २० वर्ष नपुगेका युवतीको संख्या १९० छ ।ठूलो संख्यामा २० वर्ष उमेर नपुगेका युवती गर्भवती हुनु र स्वास्थ्य जाँचमा लापरबाही देखिनु महानगरको सुरक्षित मातृत्व कार्यक्रमका लागि चुनौतीपूर्ण रहेको स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदीले बताए । सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर महानगरले पुस महिनामा मात्रै यातायात सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको पुस ७ गतेको बैठकअनुसार भौतिक दूरीलाई आधार मानेर महानगरले यातायात खर्च दिने भएको उनले बताए ।

२०७६ फागुन १ गते ८:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: