समाचारमा बालबालिका

बालिका बलात्कार गरी फरार

बाँकेको कोहलपुरमा बालिकालाई जबर्जस्ती करणी गरेर एकजना आरोपी फरार भएका छन् । १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर स्थानीय ३० वर्षीय भोजबहादुर थापा फरार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी कुलदिप चन्दले बताए । शनिबार साँझ साथीहरुसँग खेलिरहेको अवस्थामा बालिकलाईथापाले जबरजस्ती करणी गरेको पीडित परिवारले बताएको छ। शनिबार साँझ बालिका घर ढिलो आएपछि सोधपुछ गर्दा बालिकाले घटनाबारे बताएपछि पीडित परिवार राति नै प्रहरी कार्यालय पुगेको थियो। आइतबार बिहान परिवारले अभियुक्त थापा विरुद्ध जाहेरी दिएका छन्।कार्यालयका डीएसपीका चन्दले घटनापछि फरार रहेका थापाको खोजी कार्य तीव्र पारिएको बताए। पीडित बालिकाको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ।

२०७६ फागुन ११ गते ७:११ मा प्रकाशित