A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionndtoptrnqb5pg755a8i5nt3cu791qcua): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरी बलात्कारीलाई ३७ वर्ष कैद

छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउन आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश दिल्लीरत्‍न श्रेष्ठको सोमबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबलाई किशोरी छोरी बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । २०७५ चैत २ गते १७ वर्षीया छोरीलाई राति घरमा सुतिरहेको अवस्थामा छुरी देखाएर उनले बलात्कार गरेका थिए । त्यसपछि किशोरी बारा जिल्लाको कोल्पीमा आफन्तकहाँ गएकी थिइन् । उनले उक्त घटना आफन्तलाई भनेपछि चैत ११ गते बाबुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । किशोरीकी आमा दोस्रो विवाह गरेर अन्यत्र गइन् । घरमा सानीआमा थिइन् । बलात्कारी बाबु क्षेत्रीय कारागार भीमफेदीमा छन् । यसैगरी पत्‍नी हत्या आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका—१८ का २८ वर्षीय यज्ञराज ९हरि० अधिकारीलाई पत्‍नि मिना अधिकारीको हत्या गरेको आरोपमा थुनामा राख्ने आदेश जारी गरेको हो । मादक पदार्थ सेवन गरेको सुरमा गत माघ ४ गते राति यज्ञराजले पत्निको हत्या गरेका थिए । उनले घरमा रात पत्निलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।अधिकारीले प्रहरी र अदालतसमक्ष पत्निको हत्या गरेको साविती बयान दिएका छन् । २१ वर्षीया मिनाको साढे तीन वर्षीया छोरी र साढे २ वर्षका छोरा छन् । यी दुई बालबालिका अहिले वृद्ध हजुरबाको संरक्षणमा छन् ।

२०७६ फागुन ६ गते १२:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: