A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionjkgullsuil3ofr2bakl4nv66r2pgs2bq): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बुटवलमा एकै दिन तीन हजार बालबालिकालाई दादुरा रुबेलाको खोप

बुटवलमा एकै दिन तीन हजार जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ । बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखाले दिएको जानकारी अनुसार बिहीबार तीन हजार सात सय जना बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइएको हो । साथै तीन हजार आठ सय जनालाई पोलियो थोपा खुवाइएको महाशाखाले जनाएको छ । पहिलो दिनको अभियानमा नै उत्साहजनक सहभागिता देखिएको महाशाखाले जनाएको छ । रुपन्देहीमा तीन चरणमा १ लाख ९ हजार ७ सय ९९ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने तथा एक लाख ३० हजारलाई पोलियो थोपा खुवाउने लक्ष्य छ । बुटवलका प्रमुख शिवराज सुवेदीले बुटवल वडा नं। ११ देवीनगरस्थित नवीन माविमा रहेको केन्द्रमा खोपको सामग्री हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका थिए ।बुटवलमा सुरु भएको यो अभियानमा ४० जना तालिम प्राप्त स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरुसँगै ३० जना स्वास्थ्य स्वयमसेविका र टोल विकास संस्थाका सदस्यहरुले सहकार्य गरेको स्वास्थ्य शाखाका कर्मचारी गीता पाण्डेयले जानकारी दिइन् ।फागुन १ देखि ९ गतेसम्म जिल्लाका सात पालिका, फागुन १३ देखि १७ गते एक नगरपालिका र फागुन १६ देखि २४ गतेसम्म आठ पालिकाका ८१४ खोप केन्द्रमा पोलियो थोपा खुवाइने तथा खोप लगाउने कार्यक्रम छ ।त्यसका लागि ९२८ कर्मचारी र एक हजार ६२८ स्वयंसेवक परिचालन भएको स्वास्थय कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

२०७६ फागुन १ गते ७:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: