A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

करणी आरोपी श्रेष्ठलाई कारबाही माग गर्दै कपिलवस्तुमा प्रदर्शन

आफ्नै उद्योगमा कार्यरत एक बालिकालाई जबरजस्ती करणीको आरोप लागेका आरोपीलाई कारवाहीको माग गर्दै महिलाहरुले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रदर्शन गरेका छन् ।  कपिलवस्तु नगरपालिका–१ नयाँटोल तौलिहवामा रहेको कपिलवस्तु पान मसला सुर्ति तथा गुटखा उद्योगमा कार्यरत १४ वर्षीया एक बालिकालाई उद्योगका सञ्चालक अर्जुन श्रेष्ठले माघ १७ गते हात खुट्टा बाँधेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । बालिकाकी आमाले श्रेष्ठमाथि कारबाहीको माग गर्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ । श्रेष्ठलाई कारबाही गर्न प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै तौलिहवाका महिलाहरुले विरोध प्रदर्शन गरेका हुन् । महिलाहरुको समूहले  जिल्ला प्रहरी कार्यालय तौैलिहवा पुगेर आरोपी श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लिई कारवाही गर्न माग गरेको छ । नाबालिकामाथि बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई राजनीतिक र प्रशासनिक संरक्षणमा पक्राउ नगरिएको भन्दै महिला अगुवा सविता श्रेष्ठले आक्रोश पोखेकी छन् । ‘पीडकविरुद्ध किटानी जाहेरी गरेको दुई साता बित्दासम्म पनि पक्राउ नगर्नुले शंका उब्जेको छ,’ सविताले भनिन्, ‘आरोपितलाई बचाउन राजनीतिक दल, प्रहरी प्रशासन र जिल्लाका पत्रकारसमेत लागेको देखियो ।’श्रेष्ठ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट तत्कालीन प्रेस चौतारी कपिलवस्तुको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद समेत हुन् । श्रेष्ठलाई बचाउन र घटना ढाकछोप गर्न जिल्लाका पत्रकार र सञ्चार माध्यम समेत लागेको भन्दै महिला अगुवा सविताले यसबाट पीडित पक्ष थप पीडा र अन्यायमा परेको गुनासो गरिन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशम्शेर जबराले आरोपित श्रेष्ठविरुद्ध परेको उजुरीका आधारमा उनको खोजी र घटनाको सुक्ष्म अध्ययन भइरहेको बताए । ‘हामीले कसैको दबाब र प्रभावलाई वास्ता नगरी खोजी कार्य जारी राखेका छौं,’ प्रहरी उपरीक्षक जबराले भने, ‘दोषीलाई सजाय र पीडितलाई न्याय दिने कुरामा सम्झौता हुँदैन ।’जबरजस्ती करणीमा परेको भनिएका बालिका भारतसँग सीमा जोडिएको कृष्णनगर नाकामा गएका बेला ‘आफन्त नेपाल’ नामक गैरसरकारी संस्थाका कर्मचारीले शंका लागेर सोधपुछ गर्दा बालिकाले रुँदै घटना विवरण बताएपछि घटना सार्वजनिक भएको हो । सबनम लोनियामार्फत श्रेष्ठको उद्योगमा काम गर्न पुगेकी बालिकाले दुई महिनासम्म सुर्ति प्याक गर्ने काम गर्दथिन् । पछि खाना पकाउने, लुगा धुने काम गर्न लगाइएको सविताले बताइन् । बालिकाको बुबाको मृत्यु भइसकेको, आमा अपांग र अरुको घरमा काम गरेर गुजारा गर्दै आएकाले उनको पक्षमा बोलिदिने कोही नभएको सविताले बताइन् ।

२०७६ फागुन २ गते ९:१० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: