A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionr25bs3sjj6mioq2a2i9fas2kogosh5pb): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालय सुधार्दै व्यवस्थापन समिति

जिल्लाको एक सामुदायिक विद्यालय आँट गरे सुधार्न गर्न सकिन्छ भन्ने उदाहरण बन्न थालेको छ। चाहेमा शैक्षिक सुधार गर्न सकिने प्रमाण देखाएको बालकल्याण नमुना माध्यमिक विद्यालयमा यतिबेला विद्यालय ब्यबस्थापन समिति थप सकृय बनेको छ। स्थानीय, प्रदेश र केन्द्र सरकारले वास्ता नगर्दा नगर्दै पनि विद्यालयले सुधारका लागि बिभिन्न उदाहरािीय कामको थालनी गरेको हो। शैक्षिक सुधारका लागि दुर्गमको यो विद्यालयमा ब्यबस्थापन समितिले चासो दिन थालेको छ। केहि समय यता उनिहरुले आलो पालो गरेर बिद्यालयमा दैनिक पहरा दिन थालेका छन। विद्यालयमा रहेका आवासीय बिद्यार्थीलाई हेर्न बिहान ५ बजे बिद्यालय पुग्ने उनिहरु बिद्यालय खुल्ने समयमा पनि गेटमा पहरा दिन पुगेका हुन्छन्। १० बजे भन्दा ढिला बिद्यालय पुग्ने विद्यार्थी र शिक्षकलाई गेटबाटै फिर्ता पठाउन थालेपछि विद्यार्थी, शिक्षक समयमै बिद्यालय हातामा प्रबेश गर्न थालेका छन्।आउदै गरेको एसईई परीक्षामा सामेल हुने २ सय १३ आवासीय विद्यार्र्थीको पठन पाठन हेर्न समितिका पदाधिकारी बेलुका पनि बिद्यालय पुगिहाल्छन्। साँझको ६ बजे देखि राति विद्यार्थी नसुतुन्जेल बिद्यालयमै बस्ने उनिहरु राति १० बजे घरतिर लाग्छन्। ‘पठनपाठन संगै विद्यार्थी र शिक्षकको सुरक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ। प्रत्येक सदस्यले सातामा एक दिन बिद्यालयका लागि छुट्याएका छौ।’ बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष महेश न्यौपानेले भने।बिद्यालयमा पहरा दिने उनिहरुले शिक्षक, विद्यार्थीका गतिबिधि संगै आवास र खानाको पनि अनुगमन गर्ने गर्दछन्। ‘अभिभाबकबाट खानाको गुनासो आएको थियो, अहिले सुधार भएको छ। बिहान बेलुका पढाई हुने ट्युसन र कोचिङ कक्षाले सिकाई बढेको छ।’ अध्यक्ष न्यौपाने भन्छन ‘दिउसो समयमा बिद्यालय नआउने विद्यार्र्थी, शिक्षकलाई पनि हाम्रो पहराले नियमित बनाएको छ। हामी गत सालदेखि नै दिउँसो बिद्यालयमा बस्ने गर्दथ्यौ तर यसपालि नतिजा सुधारका लागि बिहान र बेलुका पनि नियमित बिद्यालयमा आउन थालेका हौ।’एसईई दिने विद्यार्थीका लागि बिद्यालयले अहिले बिहान दुई र बेलुका दुई वटा थप कक्षा समेत संचालन गरेको छ। ‘अलि कमजोर बिद्यार्थिका लागि अरु थप कक्षा पनि चलाएका छौ। उनिहरुको सिकाई बढाएर गतिलो नतिजा ल्याउन प्रयास भइरहेको छ।’ प्रअ मधुसुदन पोखे्रलले भने ‘पछिल्लो समय बिद्यालय ब्यबस्थापन समितिले पनि प्रयाप्त चासो दिएर पढाई सुधारमा सहयोग गर्नु भएको छ। यो नमुना बिद्यालयलाई साच्चीकै नमुना बनाउन समितिको महत्वपूर्ण भूमिका रहेको छ।’

स्मार्ट बोर्डमा पढाई सुरु
बिद्यालयले शैक्षिक र नतिजा सुधारका लागि भन्दै स्मार्ट बोर्डको माध्यमबाट पठन पाठन सुरु गरेको छ। बालकल्याण नमुना माध्यमिक बिद्यालयले करिब २२ लाख बढिको लगानीमा स्मार्ट बोर्ड जडान गरेपछि शिक्षक, विद्यार्थी खुसी भएका छन्। दुर्गममा रहेको यो बिद्यालयले शैक्षिक सुधारका लागि बिभिन्न प्रबिधिको प्रयोग सुरु गरेको जनाएको छ। श्रब्यदृष्यका माध्यमबाट पठनपाठन सुरु गर्दा विद्यार्थीहरुले रमाईलो समेत मान्ने गरेको शिक्षकहरु बताए। ‘शिक्षकलाई पनि ईन्टरनेटबाट शैक्षिक सामाग्री डाउनलोड गरेर पढाउन सजिलो भएको छ। चक, डस्टर र मार्करको केमिकलबाट पर्ने नकारात्मक असर पनि घटेको छ।’ शिक्षक लेखमणि खड्काले भने ‘बोर्ड प्रयोगको अभ्यासले कहिलेकाहि असहज हुने गरेको भए पनि पढ्न पढाउन निकै सजिलो भएको छ।’गणित बिषयका शिक्षक स्मार्ट बोर्डको प्रयोगले निकै सजिलो भएको बताउछन। ‘बिभिन्न ग्राफ, रेखा र चित्रहरु बनाउन सहज भएको छ।’ गणित शिक्षक टेकनाथ आचार्य भन्छन ‘यसले सिकाई र नतिजा सुधारमा सहयोग पुग्ने छ।’ अहिले ९ वटा कक्षा कोठामा प्रयोग गरिएको स्मार्ट बोड निकट भबिस्यमा सबै कोठामा प्रयोगमा ल्याईने छ। त्यसो त यो बिद्यालयले केहि समय अगाडिदेखि कक्षा कोठा र बिद्यालय परिसरमा सिसिटिभी क्यामरा पनि जडान गरेको छ।

हस्तलेखन सुधार तालिम
पढाईसंग संगै विद्यार्र्थीको लेखाई सुधारका लागि बालकल्याण नमुना माध्यमिक बिद्यालयले हस्त लेखन तालिम पनि सुरु गरेको छ। प्रति विद्यार्थी २ सय रुपैया खर्चेर बिद्यालयले बिज्ञ बोलाएर हस्तलेखन सुधारका प्रशिक्षक बोलाएर तालिम सुरु गरेको हो। यो तालिम पछि शैक्षिक सुधारमा सकारात्मक प्रभाव पर्ने बिद्यालयले अपेक्षा लिएको छ। एक हप्ता विद्यार्थीलाई तालिम दिएपछि १० घण्टा शिक्षकलाई पनि लेखाई सुधार तालिम दिइने प्रशिक्षक क्षेत्र प्रशाद ज्ञवालीले बताए। २०२३ सालमा स्थापना भएको बालकल्याण नमुना माध्यमिक बिद्यालयमा हाल २ दुई हजार ४ सय ७६ विद्यार्र्थी अध्ययनरत छन्। ६४ शिक्षक कर्मचारी दरबन्दी रहेको यहाँ १८ स्थाई, ३ राहत दरबन्दी मात्र छ भने २ शिक्षक काजमा छन। बाँकी शिक्षकलाई निजी श्रोतबाट तलब खुवाउने गरेको प्रअ मधुसुदन पोख्रेलले बताए।

२०७६ फागुन १० गते ४:०७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: