A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चिया बगानमा १४ वर्षीया किशोरी मृत फेला

दक्षिणी झापाको कचनकवलमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला परेको छ। उनको शव शंकास्पद अवस्थामा भेटिएको हो। कचनकवल गाउँपालिका १ स्थित झापा हर्दसभिट्टा गाउँमा बस्ने १४ वर्षीया विष्णुमाया कार्की भुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। स्थानीय लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगीमा कक्षा ६ मा अध्ययनरत बालिका कार्कीको शव झुन्डिएको अवस्थामा सोमबार बिहान स्थानीयले चिया बगानभित्र फेला पारेको हो। बालिकाको शवको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको स्थानीय बताउँछन्। ‘तीन दिनअघि घरबाट हिँडेका बालिका कार्कीको शव चिया बगानको नालानजिकै झुन्डिएको अवस्थामा फेला परेको हो,’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘उनले आत्महत्या गरेको हो वा हत्या भएको यस विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’ ‘बालिकाको शव कुहिने अवस्थामा पुगिसकेको थियो, घरबाट हराएकै दिन नै बालिकाको मृत्यु भएको हुन सक्छ, उनले थपे। शरीरमा त्यस्तो कुनै चोट पटक फेला नपरेको उनको भनाइ छ। ‘झुन्डिएको अवस्थामा बालिकाको शव फेला परेको थाहा पाएलगत्तै बिएण्डसीका अस्पतालका कानुनी चिकित्सक डा। अर्चना चौधरीसहितको डिएसपीको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको हो,’ प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने, घटनास्थल हेर्दा शंकास्पद देखिए पनि त्यस्तो केही तथ्य प्रमाण भेटिएको छैन।’ ‘शवलाई पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएका छौ, त्यहाँका चिकित्सकले पोस्टमार्टम रिपोर्ट पठाएको छैन, रिपोर्ट आएपछि केही भन्न मिल्छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने।

२०७६ फागुन ७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: