A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यौन दुर्व्यवहार आरोपमा शिक्षकविरुद्ध उजुरी

ललितपुरको चांगाथलीस्थित नारायण आधारभूत विद्यालयका छात्राहरूले फागुन १ मा प्रधानाध्यापक सविता सिलवाललाई ‘केटीहरूमाथि अन्याय भएकोले छानबिन गर्न’ हस्तलिखित सामूहिक उजुरी दिए । ३, ४ र ५ कक्षामा पढ्ने छात्राहरूले दिएको उजुरीमा लेखिएको छ, ‘श्रीमान् प्रिन्सिपल, हामी केटीहरूमाथि अन्याय अत्याचार भएको छ । केटीहरूलाई ढाडमा सुम्सुम्याउने, छातीतिर छुन आउने, विभिन्न अंगमा छुन आउने, नचाहिँदो व्यवहार गर्ने । हामी यस्तो समस्यामा परेका छौं । हामी यस्तो अत्याचार सहन सक्दैनौं, नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकोले तपाईंहरूले छानबिन गरिदिन अनुरोध गर्दर्छौं ।’ आरोपित शिक्षक नन्दप्रसाद निरौला उक्त विद्यालयमा कक्षा ५ सम्म सामाजिक विषय पढाउँछन् । सातदोबाटो प्रहरी वृत्तका डीएसपी मित्रबन्धु शर्माका अनुसार गत शुक्रबार बिहान प्रार्थना सकिएपछि यो विषयलाई लिएर विद्यालयमा भीडभाड भएको थियो । महालक्ष्मी नगरपलिका– ७ का वडाध्यक्ष नकुल थापाले प्रहरीलाई यसबारे जानकारी दिएका थिए । प्रहरी तत्कालै विद्यालयमा पुगेर आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर हिरासतमा राख्यो । गत आइतबारसम्म पीडित पक्षको जाहेरी नपरेको भन्दै हाजिरी जमानीमा प्रहरीले निरौलालाई छाड्यो । सोमबार हाजिरी जमानीमा आएका आरोपितलाई पुनः हिरासतमा राखेको छ । स्थलगत रिपोर्टिङका लागि ग्वार्को चोकबाट झन्डै ६ किमि टाढा पर्ने विद्यालयमा सोमबार दिउँसो १२ बजे पुग्दा प्रअ सिलवाल भेटिइनन् । पीडित छात्राहरूसँग यथार्थ बुझ्न सहायक प्रअ पारु खनालसँग अनुमति माग्दा परीक्षा चलिरहेको कारण देखाउँदै इन्कार गरिन् । परीक्षा सकिएपछि केही समय कुराकानी गर्ने अनुमति माग्दा उनले अन्य शिक्षकलाई देखाएर पन्छिन खोजिन् । अरूले सहायक प्रअ भएकाले उनैलाई अनुमति माग्न भने । केही समयपछि विद्यालय छेवै घर भएका विद्यालय व्यवस्थापन समितिका सदस्य शंकर बस्नेत आए । उनले पनि विद्यार्थी भेट्न नमिल्ने भने ।

विद्यालय आसपासका घरहरूमा विद्यार्थी खोज्दै जाँदा चागांथली चोकैमा डेरा गरी कक्षा ७ मा पढ्ने बाल क्लबका अध्यक्ष राजेन्द्र खड्का भेटिए । उनले विद्यार्थीहरूको उजुरी प्रअसम्म पुर्‍याउन सहयोग गरेका थिए । उनको भनाइमा पीडित छात्राहरूले उजुरी लेखेर बक्समा राखेका रहेछन् । उनका साथीहरूमध्ये कसैले ‘हाम्रो स्कुलमा यस्तो पनि भयो यार’ भन्दै हातमा थमाएका थिए । उनले सरसर्ती पढे । सुरुमा उजुरी पढेपछि उनलाई पत्यारै लागेन । आरोपित शिक्षकले कक्षा ५ सम्म मात्रै पढाउने भएकाले उनले नजिकबाट चिनेका थिएनन् । झूटो आरोप लगाएका हुन् कि भनेर न, चार र पाँच कक्षाका केटीहरूलाई उभ्याएर सोधे । ‘उनीहरूले सरले ढाडमा सुम्सुम्याएको, छातीतिर छोएको भनेपछि नपत्याउने भन्ने भएन,’ उनले भने, ‘म बाल क्लबको अध्यक्ष भएपछि उनीहरूको कुरा सुन्ने हो, प्रिन्सिपललाई सम्बोधन गरेर लेखेको भएकाले उहाँलाई दिएको थिए ।’ नन्दप्रसादको हर्कतले मानसिक रूपमा परेको पीडा विद्यार्थीहरूले उनीसँग व्यक्त गरेका थिए । तीमध्येकी एक थिइन्, कक्षा ५ मा पढ्ने ११ वर्षीया रमिता ९परिवर्तित नाम० । उनलाई नन्दप्रसादले कहिले ढाडमा त कहिले कपालमा सुम्सुम्याउँथे । ‘सरले पढाउँदा पढाउँदै ढाडमा सुम्सुम्याउनुहुन्थ्यो, मलाई नराम्रो लाग्थ्यो, पढ्नै मन लाग्दैन थियो,’ उनले भनिन्, ‘मेरो कपाल नछुनु न सर भन्दा अर्को साथीको कपाल छुइहाल्ने, तिम्रो कपाल लामो छ नि है भन्दै उसको ढाडमा छुनुहुन्थ्यो ।’ उनले साथीलाई खुट्टामा टेकेको आफैंले देखेकी थिइन् । ‘मेरो साथीले नटेक्नु न सर पाप लाग्छ भन्दा झन् टेक्दिनुहुन्थ्यो’ साथीकी बहिनी ९कक्षा ४ मा पढ्ने० स्कुल आउनै छोडेकी थिइन् । ‘सरले पछाडिबाट हात घुसारेर छातीमा छुने भएपछि डराएर स्कुल नआएको,’ रमिताले भनिन् । एक छात्राको स्कर्ट नै उचालिदिएका थिए । दुई कक्षाका छात्राहरूलाई काखमा राखेर मन नपर्ने व्यवहार देखाउँथे । चार कक्षामा पढ्ने छात्राछात्रहरूसँग नन्दप्रसाद अश्लील शब्द प्रयोग गर्दै जिस्कन्थे । शिक्षकले नराम्रो व्यवहार देखाएको कुराले कक्षा ५ मुनिका छात्राहरू आजित भइसकेका थिए । उनीहरूले अभिभावकलाई भन्ने आँट नै गरेनन् । न त अरू शिक्षकलाई भन्न सके । बरु मिलेर प्रधानाध्यापकलाई उजुरी लेख्ने सल्लाह गरे । ‘हामीलाई सरको ‘विहेभियर’ मन परेको थिएन, मेरो साथीहरूले मिलेर प्रिन्सिपललाई ‘लेटर’ लेखुम् भने, ‘लेटर’ लेखेर बक्समा राखिदिएका थियौं,’ रमिताले भनिन्, ‘सुरुमा रफ कपीमा लेखिम्, अनि सारेको, मेरो साथीको ‘हेन्डराइटिङ’ हो ।’ उजुरीको अघिल्लो पृष्ठमा १९ छात्राले हस्ताक्षर गरेका छन् । रमिताका अनुसार पछिल्लो पृष्ठमा समेत गरेर कक्षा ५ का ९ जना, ४ का ९ र ३ का ८ गरी २६ जनाले हस्ताक्षर गरेका छन् । सबै विद्यार्थी १३ वर्षमुनिका छन् । उनीहरूले बक्समा राखेको चिठी कसैले बाल क्लबका अध्यक्ष राजेन्द्रलाई दिएको थियो । उनले प्रअ सिलवाललाई दिएका थिए । ‘यस्तो लेटर लेखेको रैछौ नि भनेर प्रिन्सिपलले बोलाएको, अनि सबै साथीहरू रोएको थियो, कहाँ कहाँ छोएको भनेर भनेको थियो,’ रमिताले भनिन् । यो घटना शुक्रबारको हो । यसै बिषयले विद्यालयमा भीडभाड बढेपछि आरोपित नन्दप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विद्यार्थीका अभिभावकहरूले यसको चाडो र निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् । ‘यिनीहरूलाई त्यो सरले यस्तरी नराम्रो गरेको रहेछ, समाचारहरूमा आएपछि मात्रै थाहा पायौ, यसको निष्पक्ष छानबिन हुनुपर्छ,’ एक अभिभावकले भने, ‘हामी डेरामा बसेर ज्याला मजदुरी गर्दै छोराछोरी सरकारी स्कुलमा पढाउँदै छौ, यही कारणले हाम्रो जिउज्यानको खतरा हुनु हुँदैन ।’ ज्ञानगुन पढाउने शिक्षकहरूबाटै छोराछोरीमाथि अमर्यादित व्यवहार देखाएको घटनाले चिन्तित बनाएको अर्का अभिभावकले बताए । एक छात्राले भनिन्, ‘हामीलाई सरको व्यवहार मन नपरेर ‘लेटर’ लेखेको हो, सरलाई सजाय हुनुपर्छ, हामीले सहन सक्दैनौं, पढ्न सक्दैनौं ।’

सातदोबाटो वृत्तका डीएसपी शर्मा भन्छन्, ‘प्रिन्सिपललाई दिएको उजुरीले शिक्षकले बाल यौनदुराचार गरेकोले कानुनी दायरामै ल्याउनुपर्ने देखिन्छ ।’ संवेदनशिल केस भए पनि पीडित पक्षबाट उजुरी नआएको कारण अनुसन्धान अघि बढाउन नसकेको बताए । ‘जाहेरी नपरेपछि आइतबार हाजिरी जमानीमा छुटाएकोलाई सोमबार पुनः नियन्त्रणमा लिएका छौं, स्कुलका प्रअलाई जाहेरी लिएर आउनुस् भनेको भन्यै छौं, आउँछु आउँछु भन्ने नआइदिने गरेपछि अनुसन्धान अघि बढाउन सकिएको छैन,’ उनले भने । सोमबारसम्म जाहेरी नआएपछि डीएसपी शर्माले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र अभिभावक संघका सदस्यहरूलाई कार्यकक्षमै बोलाएर सचेत गराएका छन् । ‘ढाकछोप गराउने काम भयो भने कोही बच्दैन भनेर सजग गराएको छु,’ उनले भने । उनका अनुसार पीडित पक्षलाई परामर्श गराएर अनुसन्धानमा ल्याउनुपर्ने हुन्छ । ‘जबरजस्ती ल्याएर अनुसन्धान गर्दा मुद्दा फेल हुन सक्छ, जाहेरी पर्ला भन्ने आशा छ, केही गरी नआए प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान बढाउनुपर्ने हुन सक्छ ।’यता प्रअ सिलवालले विद्यालय व्यवस्थापन समितिले जाहेरी दिन रोक लगाएको बताइन् । ‘व्यवस्थापन समितिले आफैं मिलाउँछु भनेको छ, म भन्दामाथि समिति छ, मिल्छ भने भइहाल्यो नि १’ उनले कान्तिपुरसितको फोनसम्पर्कमा भनिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर कार्कीले प्रअ सिलवाललाई रोक नलगाएको बताए । ‘बालबालिकाहरूको विषय भएकोले समितिले गम्भीर रूपमा लिएको छ, समितिले मिलाउने भनेर मैले भनेको छैन, मिलापत्र भन्ने हुँदै हुँदैन,’ उनले भने । उनका अनुसार आइतबार र सोमबार समितिको बसेर छलफल बसेको छ । ‘सरलाई सोध्दा नियतबस होइन, होमवर्क गर भनेर भनेको हुँ भनेका छन्,’ उनले भने, ‘कसैले गलत मनसायले गर्दा विद्यार्थीहरूको प्रयोग गरेको हो या सरले साँच्चिकै गलत व्यवहार गरेको हो बुभ्ने काम हुँदै छ ।’ उनले विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको भए कानुनी कारबाही गर्ने बताए ।महालक्ष्मी ७ का वडाध्यक्ष नकुल थापाले गल्तीअनुसार सजाय हुनैपर्ने बताए । ‘अभिभावक, विद्यार्थी, शिक्षक, समितिलाई भेला गराएर बुझ्ने काम भइरहेको छ,’ उनले भने ।स्रोतका अनुसार आरोपित शिक्षक यसअघि पनि यस्ता गतिविधिमा संलग्न थिए । पाटनको पाटन माध्यमिक विद्यालय र लाकुरीभञ्ज्याङको कालीदेवी आधारभूत विद्यालयमा पढाउने क्रममा पनि महिलाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । कारबाहीस्वरूप नारायण आधारभूत विद्यालयमा सरुवा भएर आएको पनि एक वर्ष पुगेको छैन ।यस घटना गम्भीरताका साथ कानुनी दायरामा ल्याउनुपर्ने भन्दै सामाजिक सञ्जालहरूमा टीकाटिप्पणी भइरहेका छन् । कानुन व्यवसायी दुर्गा कार्कीले ट्वीटरमा लेखेकी छन्, ‘लगभग सबै स्कुलमा कम्तीमा एउटा यस्तो मान्छे छ भन्ने ओपनसिक्रेट हो, यस्तोमा स्कुलको बेइजत पीडकलाई कारबाही नगररेर हुन्छ कि गरेर रु कस्तो इज्जत हो यो हाम्रो अपराध लुकाउँदा चम्कने रु’ अधिकारकर्मी अमृता लम्सालले लेखेकी छन्, ‘स्कुलको बदनाम हुन्छ भनेर त्यस्तो यौन दुराचारीलाई कारबाही नगर्ने रु ती छोरीहरूको आत्मसम्मान र सुरक्षाको जिम्मेवारी स्कुलले लिनुपर्दर्नै रु शिक्षित भनिनेहरूको पनि आँखा खोलिन कति गाह्रो ?

२०७६ फागुन ६ गते ९:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: