A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongg2km669js176o4aagfcq5vml3hrsf06): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नबुझेको सोध्दा शिक्षकबाट कुटाइ

नबुझेको सोध्दा मैले के गल्ती गरेँ रु गल्ती गरिहाले पनि माफ दिनुपर्नेमा उल्टै अपराधीलाई जस्तै कुटपिट गरे ।’ यति भन्दै गर्दा चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रीन बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययनरत १६ वर्षीय राजनकुमार ठाकुरको आँखा रसायो । आफूलाई शिक्षा दिने गुरुको हातबाट बुधबार कक्षाकोठामै उनी नराम्ररी कुटिए । शिक्षक रामप्रवेश यादवले ‘बढी बोलेको’ भन्दै ठाकुरमाथि मुक्का बर्साएका हुन् । कक्षाकोठाबाट मुक्का हान्दै होस्टलसम्म पुर्‍याएको विद्यार्थी ठाकुरले बताए । ‘मलाई मार्ने नै गरी एकोहोरो बक्सिङ हान्नुभयो,’ उनले भने, ‘सन्तमान सरले बचाउनु भयो ।’ आँखामा चोट लागेका ठाकुरले रुँदै घटनाबारे बेलिबिस्तार लगाए । सदाझैं विज्ञान विषय पढाउन शिक्षक यादव बुधबार कक्षाकोठामा प्रवेश गरेका थिए । विद्यार्थी अजित चौधरीले नबुझेको विषयमा सोधे । शिक्षकले यसको जवाफ भोलि भनुलाँ भनेर टारे । विद्यार्थीले चित्त बुझाएनन् । राजनले ‘आजै जवाफ दिनुस् न सर’ भने । यत्तिकैमा शिक्षक यादव राजनमाथि खनिए । आवेगमा आई एकोहोरो मुक्का बजार्न थाले । आफूमाथि एकोहोरो कुटपिट गर्दा अभिभावकलाई बोलाइदेऊ भन्दा कसैले मानेनन् । शिक्षक यादवको डरले अन्य विद्यार्थी चुइँक्क पनि बोल्न नसकेको ठाकुरले बताए ।घाइते छोरा हेर्न विद्यालय पुगेका बुबा मनोजकुमार ठाकुरमाथि पनि दुर्व्यवहार भएको छ । बालचनपुर चोकमा फार्मेसी थापेर बसेका मनोज घर पुग्नासाथ बोर्डिङका प्रिन्सिपल शंकरप्रसाद साहले फोन गरेर छोरा सामान्य घाइते भएको जानकारी गराए । मनोज हस्याङफस्याङ गर्दै विद्यालय पुगे । छोराको अवस्था देखेपछि उनी सहनै नसक्ने भए । शिक्षक यादवलाई घटनाबारे सोध्दा उल्टै आफूमाथि दुर्व्यवहार गरेको उनले बताए ।उनको खुट्टामा सामान्य चोट लागेको छ । कक्षा ७ मा पढ्दै गरेको जेठो छोरा निराजन ठाकुरलाई पनि यसरी नै शिक्षक गोविन्द र राजीवले कुटपिट गरेपछि बोर्डिङबाट निकालेर सरकारी विद्यालयमा भर्ना गरेको मनोजले सुनाए । उनले शिक्षक यादवविरुद्ध इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका छन् । प्रहरीले घाइते विद्यार्थीको स्वास्थ्य परीक्षण र उपचारको लागि चन्द्रपुर अस्पताल पठाएको छ । प्रिन्सिपल शंकरप्रसाद साहले कुटपिट घटना दुःखद भएको बताउँदै शिक्षक यादवबाट गल्ती भएको जानकारी दिए । ‘यसलाई ठूलो ‘इस्यु’ नबनाऔं । अब के गर्नुपर्छ त्यो भन्नुस्,’ उनले भने, ‘घटनाबारे छलफल गरौं ।

२०७६ फागुन ८ गते ९:३६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: