A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionbu88sto5g8va44c04hj33qr5i8uno08m): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पहिलो चरणको दादुरा-रुवेला खोप अभियान सुरु

सरकारले दादुरा-रुवेला खोप अभियान अन्तर्गत पहिलो चरणको खोप अभियान बिहिबारबाट सुरु गरेको छ । यस अभियानमा फागुन महिनाभर ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ जना बालबालिकालाई खोप दिन लागिएको हो । दुई चरणमा सञ्चालन गरिने यो अभियान पहिलो चरणमा प्रदेश नम्बर एक, दुई र पाँचका ३५ जिल्लामा सुरुवात गरिएको हो । अभियानको दुई चरणमा ९ महिनादेखि ५ वर्र्षसम्मका करिब ३० लाख बालबालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ । चैत्रमा खोप अभियानको दोस्रो चरण सञ्चालन हुनेछ  । दोस्रो चरणमा बाग्मती,गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ जना बालबालिकालाई खोप दिइने तयारी गरिएको खोप शाखाले जनाएको छ । सोही अभियानमा झापादेखि कञ्चनपुरसम्मका तराईका १६  जिल्लाका सबै बालबालिकालाई दादुरा र रुवेला खोपसँगै पोलियो थोपा पनि खुवाइने जनाइएको  छ । सो अभियानमा चितवन र नवलपरासी भने समेटिएका छैनन् । दादुरा र रुवेला खोप अभियान सन् २००४ बाट सुरुवात गरिएको हो । त्यसपछि हरेक चार—चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन २००४, २००८, २०१२ र २०१६ सञ्चालन भैसकेको छ ।

२०७६ फागुन १ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: