A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रोकिएन बालविवाह, बढ्दै किशोरी आमा

फगाम स्वास्थ्य चौकीमा भेटिएकी तिर्सना विक २० वर्ष पुग्न लागिन्। १६ वर्षकै उमेरमा बिहे गरेकी तिर्सनाको काखमा डेढ वर्षको बच्चा छ। झट्ट हेर्दा उनलाई आमा भनेर पत्याउन मुस्किल पर्छ। ‘हाम्रो यतातिरको चलन यस्तै छ। पढेर ठूलो मान्छे बनेको कोही छैन। पढ्नुपर्छ भनेर पनि कसैले भनेनन्,’ उनले भनिन्, ‘सानैमा बिहे गर्नुहुँदैन भनेर कसले सम्झाउने ? सोही स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन आएका दर्जनभन्दा बढी किशोरी आमाहरूले बालविवाहको नकारात्मक असरबारे थाहा नभएको बताए। ‘सानोमा बिहे गर्नुहुँदैन, गरे पनि उमेर नपुग्दै बच्चा पाउनुहुँदैन भनेर भर्खरभर्खरै सुन्न थालेका हौं,’ किशोरी कमला घर्तीले सुनाइन्। १९ वर्षीया घर्तीले छोरो वर्ष दिनको भएपछि अहिले भने गर्भनिरोधक साधन प्रयोग गर्न थालेकी छन्। उनका अनुसार सानैमा बिहे गर्नु अनि अर्को वर्ष बच्चा जन्माइहाल्नु त्यस ठाउँको चलनजस्तै बनेको छ। पछिल्लो समय भने किशोरीहरूले पहिलो बच्चा जन्माएपछि गर्भनिरोधक साधन प्रयोग गर्न थालेका छन्। ‘१८ वर्षमा बच्चा जन्मियो। स्वास्थ्य चौकीले सिकाएपछि अहिले पाखुरामा इम्प्लान्ट राखेकी छु,’ अर्की एक किशोरीले भनिन्, ‘हाम्रो तिर अस्थायी साधन प्रयोग गर्दा पतिले शंका गर्छन्।’अहिले पनि रोल्पामा बालविवाह अत्यधिक छ। एकातिर किशोरकिशोरीलाई बालविवाह गर्नुहुँदैन भन्ने चेतना छैन भने अर्कोतिर सानैमा बच्चा जन्माउनुहुँदैन भन्ने पनि बुझाइएको छैन। कतिपय किशोरी विवाहअघि नै गर्भवती भई असुरक्षित गर्भपतन गराउन बाध्यसमेत हुने गरेका छन्। कोही गर्भ बसेको चाल पाएपछि हतारहतार विवाह गर्छन्। ‘बिहे नहुँदा बच्चा हँुदैन भन्ने थाहा थिएन। बच्चा बसेको चार महिनामा बिहे गरेको हुँ।’ १५ महिने छोरीकी आमा १७ वर्षीया एक किशोरीले सुनाइन्।बालविवाह अन्त्य गर्न स्थानीय सरकारले खासै चासो भने दिएको देखिन्न। ‘बालविवाह अलि घटेको छ। यो वर्ष चारवटा विवाह रोकियो। एउटा विवाह रोक्न मण्डपमै प्रहरी पु(याउनुप(यौं,’ वडाध्यक्ष अमरजित पुनले भने, ‘प्रहरीले पनि गतिलो सहयोग गर्दैन। बिहे गरेको प्रमाण खोज्छन्। यो सामाजिक अपराधलाई रोक्न साह्रै कठिन भएको छ।

२०७६ फागुन १९ गते ९:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: