A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmu1tt8rkfr7f0aos7mgpqpsrn1kjfdof): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बैतडीमा फेरि चितुवा आतंक, १५ बर्षीय बालकमाथि आक्रमण

गएको ८ बर्षमा २४ जनाको ज्यान लिइसकेको चितुवाले बैतडीको तल्लोस्वराडमा फेरि आतंक मच्चाउन सुरू गरेको छ। चितुवाको आक्रमणबाट गएराती एक बालक घाइते भएका छन्। शिवनाथ गाउँपालिका ४ खडितका १५ वर्षीय हर्कबहादुर साउद चितुवाको आक्रमणमा परि घाइते भएका हुन्।   छिमेकीको घरमा पूजामा गइरहेका बेला बसुला भन्ने स्थानमा चितुवाले आक्रमण गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। घाइते बालकको स्थानीय उदयदेव स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा लैजान लागिएको उनले बताए।  स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवाले बालकलाई घाइते बनाइ छाडेर भागेको हो। बालकको खुट्टामा गहिरो चोट छ। मानवबस्ती पसेर चितुवाले आक्रमण गर्न थालेपछी तल्लोस्वराडका नागरिक त्रसित भएका छ।  वि सं. २०६८ साल यता बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट २४ जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।

२०७६ फागुन २२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: