A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionpidgbgb1ra8d5l90okeo8eefam4r280g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अज्ञात रोगले गाउँ नै थला

अज्ञात रोगले गाउँ नै थला परेको छ। त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित करेलीकाँडा गाँउमा अज्ञात रोगको संक्रमण फैलिएको हो। गाउँका ४० जनाभन्दा बढी बिरामी भएका छन्। गाउँका सबै परिवारमा एक जना बिरामी रहेको स्थानीय सुवास लामाले जानकारी दिए। उचाइमा रहेको यो गाउँमा ४५ घर छन्। एक सातायता फैलिएको संक्रमणले अधिकांश परिवार बिरामी थला परेका हुन्। घरैपिच्छे बिरामी भए पनि स्वास्थ्यकर्मी पुगेका छैनन्। बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएका छन्। रोग पहिचान नहुँदा थप समस्या भएको छ। गाउँ नै थला पर्दासमेत हालसम्म औषधि पुग्न सकेको छैन।बालबालिका र वृद्धवृद्धामा बढी समस्या देखिएको छ। गाँउबाट स्वास्थ चौकी टाढा भएकाले पनि बिरामी उपचारका लागि पुग्न सकेका छैनन्। स्थानीयका अनुसार बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ्य व्यक्तिलाई पनि ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको अर्का स्थानीय विष्णु बुढाले बताए।एकै घरका ९ जनासम्म बिरामी भएको उनले बताए। बिरामीको संख्या बढेको र दैनिक उपचार गराउन आउनेको संख्या बढेको स्थानीय मनिष मेडिकलका सञ्चालक गोरबहादुर विकले जानकारी दिए। केही दिन पहिला काठमाडौंबाट फर्केकी एक जनाबाट रोग फैलिएको स्थानीय ताम्बा लामाले दाबी गरे। स्थानीयले कोरोनाको आंशका गरेपछि थप समस्या भएको छ। हिउँद सकिएर गर्मी सुरु भएकाले रोग मौसमी फ्लु हुनसक्न ेस्थानीय स्वास्थ्यकर्मीको आशंका छ।

२०७६ फागुन २० गते ८:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: