A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session949coaj9pvjug83cvkukrp038bj22drt): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रधानाध्यापक नै सधैं गयल

ढोरपाटन–८ सेरावाङस्थित नमुना प्राविमा दुई वर्षअघिसम्म डेढ सयभन्दा बढी विद्यार्थी पढ्थे । बालविकास केन्द्रमा अरू २५ जना थिए । एक मात्र शिक्षक भएकाले बालविकासकी सहयोगी कार्यकर्तासहित निजी स्रोतका शिक्षक राखेर पढाइन्थ्यो । अहिले विद्यालय ठप्पजस्तै छ । बालबालिका पढाइबाट वञ्चित छन् । प्रधानाध्यापक हिरादेवी घर्ती महिनामा एक–दुई दिन मात्र विद्यालय आउँछिन् । कोठा थुनेर चाबी आफैं लैजान्छिन् । यसले पढाइ अनियमित भएको छ । कसैले पढाइ नै छाडेका छन् । ‘नियमित विद्यालय आएर पढाउनुस्, नत्र सरुवा भएर जानुस्, अर्को शिक्षक खोज्छौं भनेका थियौं, मान्नुभएन,’ वडाध्यक्ष नन्दे सुनारले भने, ‘डेढ वर्षदेखि समिति पनि गठन भएको छैन ।’ विद्यालयको निर्णय पुस्तिका र हाजिरकापीसमेत घर्तीले घरै लैजाने गरेकी छन् । व्यवस्थापन समिति बनाउन पटकपटक आग्रह गरे पनि बेवास्ता गरेको वडाध्यक्ष सुनारले बताए । यहाँ ३ कक्षासम्म पढाइ हुन्छ । विद्यालय नखुलेपछि यहाँका अधिकांश बालबालिका वडा ७ को ज्ञानोदय मावि र वडा ९ को जनवादी आधारभूत विद्यालय गएका छन् । अघिल्लो वैशाखमा विद्यालय भर्ना अभियान चलिरहँदासमेत प्रधानाध्यापक नआएपछि स्थानीयले बालबच्चा अन्यत्र सारेका हुन् । टाढा जान नसक्नेले पढाइ नै छाडेका छन् । ‘साना नानी टाढा जान सक्दैनन्, त्यसैले घरैमा राखेका छौं,’ सन्तोष घर्तीले भने, ‘विद्यालयमा गरिएको लाखौं लगानी उपयोगहीन भएको छ ।’विद्यालयमा पटकपटकको अनुगमनपछि नगरपालिकाले समेत घर्तीलाई बोलाएर स्पष्टीकरण लिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ र वडाले पनि अनुगमन गरेका छन् । घर्तीले वडाध्यक्ष र अभिभावकको फोनसमेत नउठाउने गरेको स्थानीयको भनाइ छ ।भर्ना अभियानका बेला बालबालिका कुटेको आरोपमा उनीविरुद्ध उजुरीसमेत दिइएको थियो । तर, घर्तीले उल्टै मुद्दा हालेपछि प्रहरीले अभिभावकलाई नै हिरासतमा राखेर केरकार गरेको थियो ।गत महिना वडाले गरेको अनुगमनमा बालविकास केन्द्रमा ६ जना र कक्षा १ देखि ३ सम्म ९ गरी १४ जना विद्यार्थी मात्रै भेटिएको वडाध्यक्ष सुनारले बताए । ‘बालविकास कक्षा खुला थियो, प्रधानाध्यापक आउनुभएको थिएन,’ उनले भने, ‘बालबालिकालाई सहयोगीले राखेर भुलाएकी थिइन् ।’ सहयोगीलाई अभिभावकले चन्दा उठाएर राखेका हुन् ।प्रधानाध्यापकलाई राजीनामा गराएर अर्को शिक्षक ल्याउनुपर्ने, नत्र मर्ज गरेर जानुपर्ने अवस्था रहेको सुनारले बताए । यसका लागि नगरपालिकामा प्रस्ताव लगे पनि लामो समयदेखि बैठक नबसेको उनको भनाइ छ । यसबारे सोध्दा प्रधानाध्यापक घर्तीले भने विद्यालयमा नियमित उपस्थित हुने गरेको दाबी गरिन् ।

२०७६ फागुन २१ गते १०:३४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: