A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionrpa5e2gus9n52gum21i2km7and7krt3v): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

र्‍यापिड टेस्ट पोजिटिभ देखिएका बालकको पीसीआर टेस्ट निगेटिभ

तीन दिन अगाडि र्‍यापिड टेस्टमा पोजिटिभ देखिएका सर्लाहीको धनकौल गाउँपालिका ५ का १४ वर्षीय बालकको पीसीआर टेस्ट रिपोर्ट निगेटिभ देखिएको छ । चैत्र २३ गते भारतको राजधानी दिल्लीबाट घर आएका बालकको टेकुमा आइतबार स्वाब परीक्षण गरिएको हो। स्वाब परीक्षणमा बालकको रिपोर्ट निगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए। र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि स्वाब परीक्षणका लागि बालकलाई स्वाब परीक्षणका लागि जनकपुर लगिएको थियो । जनकपुरमा पनि निगेटिभ देखिएको थियो । त्यसपछि फेरी काठमाडौंको टेकुमा स्वाब पठाइएको थियो । त्यहाँ पनि निगेटिभ रिपोर्ट आएको छ । बालकसँगै क्वारेन्टाइनमा रहेका अन्य एकजनाको पनि पीसीआर रिपोर्ट निगेटिभ आएको  छ।भारतबाट आएसँगै बालकको दैनिक ज्वरो नाप्ने काम भइरहेको थियो । ुकुनै पनि दिन ९८ डिग्री सेल्सियसभन्दा माथि ज्वरो देखिएको थिएन, ुप्रहरी उपरीक्षक पोखरेलले भने, ुर्‍यापिड टेस्ट कसरी पोजिटिभ आएको थियो । अच्चम लाग्छ । बालक भारतको राजधानी दिल्लीबाट भारतको बैरगिनिया आइ रौहतट हुँदै आफ्नो घर सर्लाही आएका थिए । घर आउने बित्तिकै बालकलाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखेको थियो । जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेको ९७ जनाको र्‍यापिड टेस्ट सकिएको छ । ९६ जनाको निगेटिभ र एकजनाको पोजिटिभ देखिएको थियो । त्यो पनि निगेटिभ भएको छ ।

२०७७ बैशाख ७ गते ४:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: