A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session4t1njmh9chqd2l2mm80ngn3nvkdt5abd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कहिले आउँछ सेनिटरी प्याड

सिनाम माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले बुधबार गाउँपालिकामा सम्पर्क गरेर छात्राहरूका लागि सेनिटरी प्याड आए, नआएको सोधे । जवाफ पाए, ‘आएको छैन प्रक्रियामा छौं । उनले शैक्षिक सत्र सकिन लागेकाले चाँडो गरे राम्रो हुने सुझाव दिए । सरकारले घोषणा गरेको कार्यक्रम अधिकांश विद्यार्थी र अभिभावकले सुने पनि विद्यालयमा सामान नआउँदा प्रश्न उठेको भन्दै उनले चाँडो गरिदिन लागि आग्रह गरे । सदरमुकाम फुङलिङको भानुजन माविका प्रधानाध्यापक किशोर राई पनि नगरपालिकाको कार्यालयमा नियमित चासो राखिरहेका छन् । सरकारले कार्यक्रम घोषणा गर्नासाथ विद्यालयको लेटरप्याडमा निवेदन दिएका उनले छात्राहरूको संख्या पनि टिपाएका थिए । तर, स्थानीय तहबाट जानुपर्ने सामग्री भने विद्यालयमा पुगेको छैन । नगरपालिकाको शिक्षा शाखा हेर्ने दुर्गाप्रसाद पौडेललाई भेट्दा ‘प्याडको विषय के हुँदै छ सर’ भनेर जिज्ञासा भने राख्छन् ।शैक्षिक सत्र सकिन अब डेढ महिनामात्रै बाँकी छ । विद्यालय भने अब १५ दिन मात्रै खुल्छन् । कोरोना भाइरसका कारण सरकारले चैत ५ गतेसम्ममा सबै विद्यालयको परीक्षा सम्पन्न गर्न भनेको छ । सामुदायिक तथा संस्थागत विद्यालयले त्यही अनुसारको तयारी गरेका छन् ।परीक्षा सकिएपछि विद्यार्थीहरू विद्यालय आउन छोड्छन् । सरकारले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयका छात्रालाई उपलब्ध गराउने भनेको सेनिटरी प्याड जिल्लाका कुनै पनि विद्यालयले पाएका छैनन । पालिकाहरूको प्रक्रिया हेर्दा पाउने सम्भावना पनि छैन । कतिपय पालिकालाई त बजेट आएरनआएको पनि पत्तो छैन । यहाँ एक नगरपालिकासहित आठवटा गाउँपालिका छन् ।मन्त्रिपरिषद्को मंसिर ३० गतेको बैठकले सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ पारित गरेको छ । यसका लागि १ अर्ब २७ करोड बजेट पनि विनियोजन गरेको छ । यो देशका ७ सय ५३ वटै स्थानीय तहका लागि छुट्याइएको रकम हो । सरकारको निर्णयअनुसार ६ देखि १२ कक्षासम्मका विद्यार्थीले हरेक महिनावारी चक्रमा १६ थानका दरले प्याड सित्तैमा पाउँछन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विभाग केन्द्रले देशभरका स्थानीय तहलाई पुस १४ गते परिपत्र गरेको थियो । शाखा अधिकृत अर्जुन ढकालद्वारा हस्ताक्षरित पत्रमा ‘सेनेटरी प्याड व्यवस्थापन सम्बन्धमा’ विषय उल्लेख गरी ‘अर्थ मन्त्रालयको पुस ११ गतेको निर्णयअनुसार स्थानीय तहमा हस्तान्तरण भएको बजेट उपशीर्षक ३५०००८०१ मा सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड व्यवस्थापन क्रियाकलाप थप गरी बजेट वित्तीय हस्तान्तरण भएको व्यहोरा अनुरोध छ’ भनी उल्लेख छ । आवश्यक समन्वय र सहजीकरणका लागि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई समेत बोधार्थ पठाएको छ । कार्यविधिअनुसार प्याड व्यवस्थापन, समन्वय र अनुगमनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पनि जिम्मेवारी दिइएको छ ।फुङलिङ नगरपालिकाको शिक्षा विभागप्रमुख दुर्गा पौडेल प्याडका लागि १८ लाख ८७ हजार रुपैयाँ अख्तियारी आएको बताउँछन् । प्याड खरिदका लागि ७ दिने सूचना निकालेर टेन्डर आह्वान गर्न लागिएको पौडेलले बताए । नगरपालिकाको तथ्यांकअनुसार ६ देखि १० कक्षासम्म १ हजार ६ सय ७३ जना छात्रा छन् ।नगरपालिकाका छवटा विद्यालयमा ११ र १२ कक्षा सञ्चालनमा रहेकाले जोड दुईमा यत्तिकै संख्यामा छात्रा रहेको अनुमान छ । नगरपालिका स्वयंले पनि २ लाख रुपैयाँ छुट्याएको छ । तर आफैंले छुट्याएको रकम पनि विद्यालयलाई दिएको छैन । उपप्रमुख बमबहादुर भट्टराई कार्यपालिका बैठक बसेर वितरणको काम गर्ने योजना रहेको बताउँछन । कर्मचारी अभाव र प्राविधिक कारण ढिलाइ भएको उनले दाबी गरे ।पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्वोले बजेटको अख्तियारी नभएको जनाए । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले पनि यो विषयमा आफू जानकारनभएको बताए ।फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले कार्यक्रमबारे सुनेको तर पालिकामा बजेट आएरनआएको बुझ्ने बताए । महिनावारी हुँदा विद्यालय छाड्ने छात्राको संख्या कम गर्न यो उपयोगी भए पनि आफ्नो विद्यालयमा कार्यक्रम नआएको मयाम मावि फुरुम्बुका प्रधानाध्यापक नवीन कार्की बताउँछन् ।

२०७६ फागुन २३ गते ९:५३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: