A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका झुन्डिएको अवस्थामा फेला : प्रहरीले गर्‍यो उद्धार

उत्तरी दोलखाको विगु गाउँपालिका(२, ओराङको चामटाङमा १३ वर्षीय बालिका झुन्डिएको अवस्थामा जिवितै फेला परेकी छन्। विगु गाउँपालिका–२, ओराङककी कुमारी मगरलाई रुखमा झुन्डिएको अवस्थामा बुधबार अपरान्ह करिब ३ बजे फेला पारिएको सिंगटी प्रहरीले जनाएको छ। मगरलाई झुन्डिएर अचेत  भएको अवस्थामा आफन्त, छिमेकी र प्रहरीले उद्धार गरी सिंगटीस्थित अस्पताल लगेका थिए। अस्पतालमा प्राथमिक उपचार पश्चात काठमाण्डौं रिफर गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।दिउँसो दाउरा लिन गएकी उनी डोकोको नाम्लोको पासो बनाइ रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक तामाङले बताए। बालिका जीवितै रहेपनि अवस्था गम्भीर रहेकोले थप उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौ बासबारीस्थित न्युरो अस्पताल पठाइएको प्रहरीको भनाई छ। आफन्तकोमा बसोबास गर्दै आइरहेकी मगरले के कति कारणले आत्महत्या प्रयास गरेकी हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए।

२०७६ फागुन २२ गते १२:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: