समाचारमा बालबालिका

आधारभूत स्वास्थ्य सेवा अवरुद्ध

कोरोना भाइरसका कारण आधारभूत स्वास्थ्य सेवा प्रभावित भएको छ। लकडाउनका कारण ५० हजार बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन्। जन्मिएको १५ महिनामा १२ किसिमको खोप दिइन्छ। बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा।झलक गौतमले नियमित खोप सेवा अवरुद्ध भए वा छुटाए कोरोना भन्दा पनि अन्य संक्रामक रोगका कारण बालबालिकाको ज्यान जाने खतरा रहने बताए।एक महिनाको अवधिमा ४५ देखि ५० हजार बालबालिकालाई खोप लगाउनुपर्ने उनको भनाइ छ। भाइरलजन्य रोगविरुद्ध लड्ने क्षमता अभिवृद्धिका लागि जन्मिएको १५ दिनभित्र बीसीजी खोप दिइन्छ। क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस, हेमोफिलस, पोलियो, निमोनिया, जापानिज इन्सेफलाइटिस, दादुरा र रुबेलाको खोप जन्मेदेखि १५ महिनाभित्र लगाइसक्नुपर्ने उनले बताए।डा। गौतमका अनुसार १५ महिनाभित्र ६ लाख २० हजार बालबालिकालाई खोप लगाउनु पर्छ। यसका लागि नवजात शिशुका अभिभावकले खोप केन्द्रमा ६ देखि ७ पटकसम्म ल्याउनु पर्छ।यातायात सञ्चालन नहुँदा धेरै ठाउँमा भ्याक्सिन पठाउन नसकिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। लकडाउनका कारण हिँडडुल गर्न रोक लगाइएको र भ्याक्सिन पनि पर्याप्त नभएको जनाउँदै खोप सेवा सञ्चालन अवरुद्ध हुन पुगेको हो।खोप सेवा प्रभावित हुँदा बाल मृत्युदर जोखिम हुने विज्ञको भनाइ छ। नियमित खोप सुरु गर्ने निर्णय भए पनि विशेष खोपअन्तर्गत दादुरा र रुबेलाविरुद्धको खोप सेवा भने तत्कालै सञ्चालन नहुने डा। गौतमले बताए। लकडाउन खुलेपछि मात्र ती खोप सुरु गरिनेछ।कोरोना भाइरस महामारी सम्बन्धमा सरकारले अन्तरिम निर्देशिका जारी गरे पनि स्वास्थ्य संस्थाबाट सेवा प्रवाह सुचारु गर्न सकेका छैनन्। निर्देशिकामा पनि कोरोना भाइरसको उपचार गर्ने अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थाले नियमित आधारभूत स्वास्थ्य सेवा दिनुपर्ने उल्लेख छ।अहिले प्रतिहजार जीवित जन्ममा र नवजात शिशु मृत्युदर २३ छ। त्यस्तै, शिशु मृत्युदर भने शिशु ३३ रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

२०७७ बैशाख ८ गते ७:१७ मा प्रकाशित