समाचारमा बालबालिका

एक वर्षमा २७ सय बालबालिका हराए , ७ सय मात्रै भेटिए

काठमाडौँ । आर्थिक वर्ष २०७४/०७५ लागेको ४ महिनामा ६ सय ५५ जना बालबालिका हराएका छन् । हराएका मध्ये २ सय ६८ जना बालबालिका भेटिएका छन् । आ.व ०७४/०७५ को ४ महिनामा हराउनेमा ३ सय ४० बालिका र ३ सय १५ बालक रहेका छन् । श्रावणमा २ सय ५२, भाद्र १ सय ७१ असोजमा १ सय ३ र कार्तिकमा १ सय २१ जना बालबालिका हराएको सूचना बालबालिका खोजतलास केन्द्रमा प्राप्त भएको थियो । अझै ३ सय ८६ बालबालिका भेटिएका छैनन् । यस्तै नेपालभर आ.व २०७३/०७४ मा को असार मसान्तसम्ममा २ हजार ७ सय ७२ जना बालबालिका हराएका थिए । हराएका मध्ये बालबालिका खोजतलास केन्द्र बाट प्राप्त जानकारी अनुसार एक हजार ४७ जना बालक र एक हजार ७ सय २५ जना बालिका रहेका छन् । जसमध्ये ३ सय ५३ बालक र ३ सय ६७ बालिका गरी जम्मा ७२० बालबालिका भेटिएका छन् ।   यो तथ्याङ्क अनुसार पनि अझै २ हजार ५२ जना बालबालिका भेटिएका छैनन् । अहिले ६ सय ९४ बालक र एक हजार ३ सय ५८ बालबालिकाको खोजिकार्य भईरहेको छ । १५ देखि १८ वर्ष उमेर समुहका बालबालिका हराउने संख्या मध्ये धेरै रहेका छन् । 
बालबालिका खोजतलास केन्द्रका डिएसपी निर्मल बुढाथोकीले भने, ‘बालबालबालिका हराउँदा अविभावकले सूचना दिने गरेको र परिवार समुदायलेनै फेला पारेको खण्डमा सूचना नदिने हुँदा पनि भेटिएको बालबालिकाको संख्या कम देखिएको हो । हराएका बालबालिकाको खोजी कार्यको जिम्मा लिने प्रहरी प्रशासनदेखि सरकारी निकाय तल्लिन भएर लागेको भने देखिन्न । हराएको बालबालिकाको अवस्थाको बारेमा भने बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकायनै अनभिज्ञ देखिएको छ । 

२०७४ पुस ७ गते प्रकाशित