A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsep8b45hjd8ofvkeb24bd1a8ptahgkg): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

महिना दिन पुग्दा पनि बेपत्ता बालक भेटिएनन्

 साथी भेट्न भन्दै मंसिर ८ गते कोठाबाट निस्केका राजविराज नगरपालिका १२ सिग्यौनका १३ वर्षीय मिथलेश यादव अझै सम्पर्कमा आएका छैनन् । लिटिल एन्जेल्स मोर्डन सेकेन्डरी स्कूल कक्षा छ मा अध्ययनरत मिथलेशको खोजी गरिदिन आग्रह गर्दै परिवारले प्रहरीमा निवेदन दिएको २८ दिन भएको छ । बालकको खोजीका लागि प्रहरीमा उजुरी गरे पनि प्रहरी सक्रिय नभएको मिथलेसका बुबा बिजलीप्रसाद यादवको आरोप छ । प्रहरी नायव उपरीक्षक ध्रुबकुमार श्रेष्ठले बालकको खोजतलास जारी रहेको बताए । भारतसँग सिमा जोडिएको क्षेत्रमा खोज्दा पनि हालसम्म फेला पार्न नसकिएको सुनाउँदै काका मनोज यादवले सहयोगका लागी सबैसँग आग्रह गरे । ‘आश्चर्यजनक ढंगले भतिज हरायो’ मनोजले भने, ‘बालकको अवस्था पत्ता नलागेकाले खोजीमा भौतारीँदै दिन बितिरहेको छ । उनी अध्ययनरत स्कूलका विद्यार्थीले अविलम्ब मिथलेशको खोजी गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि बिहीबार प्रदर्शन गरेका छन् । घटनाले विद्यालय परीवार स्तब्ध भएको जनाउँदै प्रधानाध्यापक नरेन्द्र देवले बिहीबार एक प्रेस विज्ञप्ती जारी गरी सक्रियता पूर्वक खोजि कार्यमा लाग्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

२०७४ पुस ७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: