A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाबुआमाले गरिदिन्छन् बालविवाह

जिल्लाको छेडागाड नगरपालिका ११ फुम्दाकी कौशिला नेपाली २० वर्षकी भइन्। कानुनअनुसार उनको बिहे गर्ने उमेर बल्ल पुग्यो। तर सात वर्षअघि बिहे गरेकी उनी दुई सन्तानकी आमा भइसकिन्। गाउँकै विद्यालयमा पाँच कक्षामा पढ्दै थिइन्। उमेर भर्खर १३ वर्ष थियो। स्थानीय १७ वर्षीय कमल चदाराका लागि केटी माग्न आफन्त कौशिलाको घर आए। घरकाले पनि राजीखुसीले बिहे गरिदिए। त्यतिखेर बिहे भनेको के हो उनलाई केही थाहा दिएन। बाआमाको दबाबमा आफू बिहे गर्न बाध्य भएको उनको गुनासो छ। ‘१५ वर्षमा छोरा जन्माएँ। कलिलै उमेर भएकाले सुत्केरी हुन निकै कठिन भयो, उनले अतित सम्झिइन्, ‘तीन वर्षपछि छोरी जन्मिइन्। श्रीमान्ले ८ कक्षासम्म पढेर छोड्नुभो। मेरो ५ कक्षामै पढाइ छुट्यो। न हातमा सीप छ न योग्यता नै। दुवै जना बेरोजगार। आर्थिक अवस्था पनि निकै नाजुक छ। कसरी जिन्दगी बिताउने ? कलिलै उमेरमा बिहे गरेर बच्चा जन्माएको हुँदा उनको र बच्चाको स्वास्थ्य अवस्था कमजोर देखिएको छ।

बच्चाहरूलाई कुपोषणले सताएको छ। आफ्नै बारीमा लगाएको अन्नले गुजरा नचलेपछि घरखर्च चलाउन श्रीमान् पाँच महिनाअघि कामको खोजीमा कालापहाड (भारत) गएका छन्। घरमा सासूससुरा, देवर, नन्द, छोराछोरी र म छौँ। बिहानबेलुकाको छाक टार्न पनि मुस्किल छ, उनले भनिन् ।सोही ठाउँकी पवित्रा बडको उमेर पनि अहिले १८ वर्ष मात्र भयो। उनको पनि तीन वर्षअघि हो, बिहे भएको। उनको काखमा दुई वर्षकी छोरी छन्। श्रीमान् बलबहादुर चनारा रोजगारीको सिलसिलामा दुई वर्षदेखि मलेसिया छन्। उनी आठ कक्षामा पढ्दै थिइन्। त्यतिखेरै पवित्रा र बलबहादुरका परिवारबीच कुराकानी चल्यो। उनीहरूको बिहे गराइदिए। बिहे गरेसँगै पढाइ छुट्यो। बुहारीका रूपमा घरमा खाना पकाउने, भाँडा माझ्ने, गोठालो गर्ने, घाँस काट्ने काम उनको दिनचर्या बन्न थाल्यो। बिहे गरेपछि अझ खुसी हुने, परिवारको सुन्दर भविष्यको कल्पना गर्ने अवस्था हो। तर पवित्राका लागि बिहे बोझका रूपमा सावित भएको छ। ‘मलाई बिहे के हो रु किन गर्छन् रु केही थाहा थिएन, जतिखेर मैले बिहे गरेँ। बाआमाको आदेश मान्नैपर्यो। पढ्न पनि पाइनँ, उनले गुनासो गरिन्, ‘उमेर नपुगेर विवाह गर्नु र गराउनु दुवै बेठीक रहेछ। मैले गरे पनि सन्तानलाई उमेर नपुगेर बिहे गराउँदिनँ, राम्रोसँग पढाउँछु । कौशिला र पवित्रा मात्र होइन त्यस गाँउमा १५ वर्ष नपुग्दै बिहे गरेका ३१ भन्दा बढी आमा छन्। यो गाउँमा मात्र होइन, जिल्लाका ग्रामीण भेगमा उमेर नपुग्दै बिहे गर्न परिवारले नै प्रोत्साहन दिने गरेका छन्। केटीको उमेर नपुगे पनि केटा पक्षले कुरा चलाए आमाबाबुले नै बिहे गरिदिने गरेका छन्। यो चलन संस्कारकै रूपमा चल्न थालेको छ। केही शिक्षित परिवारले छोराछोरीको पठनपाठनमा ध्यान दिने गरे पनि अन्यले छोरीलाई घरमा (माइतीमा) राख्यो भने बिग्रन्छन्। छिट्टै बिहे गरे पुण्य कमाइन्छ भन्ने रूढीवादी सोच पाल्ने भएकाले पनि यहाँका किशोरीहरूको उमेर नपुग्दै बिहे हुने गरेको छ। गरिब, दलित र निम्न आयस्तर भएका परिवारमा आमाबाबुले नै कलिलै उमेरमा बिहे गर्ने प्रवृत्ति रहेको महिला तथा बालबालिका कार्यालयले जानकारी दिएको छ । पढेलेखेका र हुनेखाने घरका केटाकेटी पनि बढ्दो प्रविधिको प्रयोग एवं देखासिकीले गर्दा पढ्दापढ्दै बिहे गर्ने प्रवृत्ति बढेको महिला विकास अधिकृत पंकजा जोशीको भनाइ छ। बढ्दो बालविवाह अहिले चुनौतीका रूपमा देखिएको उनले बताइन्। जाजरकोटमा १५ वर्ष नपुग्दै ४० प्रतिशत र १९ वर्ष नपुग्दै ७४ प्रतिशत किशोरीले विवाह गरिसक्ने कार्यालयको तथ्यांक छ। ‘कलिलैमा बिहे गर्दा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्छ। साथै उनीहरूले उचित शिक्षा पाउने अवस्था पनि रहन्न ।

२०७४ पुस ११ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: