A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj6kfvlm8e9pmqm9fh9uvc8oel5edske8): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जाडो बढेसँगै नियमित विद्यालय आउने घटे

जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ । पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थी घट्न थालेका छन् । जाडोले गर्दा कमजोर आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका बालबालिकाको पठनपाठनमा समस्या हुँदै गएको छ ।

जाडोले गर्दा नै दुर्गम बस्तीका कतिपय त्यस्ता विद्यालयमा यतिबेला आधाभन्दा बढी नै विद्यार्थीको संख्या घट्न थालेको त्यहाँका विद्यालयले जनाएका छन् । गौरीगञ्ज गाउँपालिका–१ महाभारास्थित बालकल्याण माविका प्रअ भोलाप्रसाद खतिवडा अधिकांश विपन्न वर्गका विद्यार्थी भएको तथा जाडो छल्ने खालका लुगा नहुँदा सधै झैँ विद्यार्थीको हाजिरी अनुपात ह्वात्तै घटेको बताउनुहुन्छ । चिसो बढेसँगै विद्यालय आउने संख्यामा कमी हुनाका साथै जनजीवन कष्टकर बन्दै गएकाले नियमित पठनपाठनमा नै समस्या हुँदै गएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “न्यानो कपडा र पर्याप्त तातो खानेकुरा (खाजा) को अभावमा कतिपय बालबालिका विद्यालय आउन छाडेका छन् ।” जाडोभरी ग्रामीण क्षेत्रका विद्यालयमा यस्तो समस्या वर्षेनी हुँदै आएको उहाँको धारणा छ । कतिपय बालबालिका चिसोकै कारण विद्यालय नआउने र विस्तारै बीचैमा विद्यालय छाड्ने गरेको खतिवडाको बुझाइ छ । उहाँले भन्नुभयो, “एक दुई दिन गर्दै कतिपय बालबालिकाले स्कुल नै छाड्ने गरेको उदाहरण प्रशस्तै छन् ।” उहाँ विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरणका लागि न्यानो कपडाको आवश्यकता रहेको पनि बताउनुहुन्छ । सोही वडामा पर्ने होक्कलबारीस्थित इन्द्रेणी आधारभूत विद्यालयका प्रअ शिवकुमार मैनाली पनि न्यानो कपडा र जुत्ता चप्पलको अभावमा बालबालिका विद्यालय आउनै छांडेको बताउनुहुन्छ । मैनाली भन्नुहुन्छ, “चिसो अझै बढ्ने हो भने ९० प्रतिशत बालबालिका स्कुल आउनै छाड्छन् र घरायसी काममा समय बिताउन थालेपछि बीचैमा स्कुल छाड्ने सम्भावना धेरै हुन्छ । करिब १०० विद्यार्थी पढ्ने गरेको इन्द्रेणी आधारभूत विद्यालयमा ८४ प्रतिशत बालबालिका सीमान्तकृत र आदिवासी समुदायका छन् । तीमध्ये ५३.३९ प्रतिशत बालबालिका सन्थाल समुदायका छन् । कमल गाउँपालिका–५ स्थित मंगलमय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णनन्द शर्मा शैक्षिक सिकाइ गुणस्तरीयसँगै विद्यालयमा चाहिने न्यूनतम फर्निचरका सामग्री, बिजुली बत्ती, आदिको व्यवस्था हुन नसक्दासामुदायिक विद्यालयतर्फ विद्यार्थीको आर्कषण हुन नसकेको बताउनुहुन्छ । विद्यालयमा नियमित पठनपाठन हुने व्यवस्था गर्नका लागि आधारभूत पूर्वाधार मात्र पूरा गर्न सके सधैँ सबै बालबालिका विद्यालय आउने उहाँको भनाइ छ । जाडोका कारण गाउँका विद्यालयमा विद्यार्थी नआउनेजस्तो जटिल समस्या भने यहाँ उल्लेख्य नभएको उहाँले बताउनुभयो ।

२०७४ पुस ११ गते प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: