A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session6jj5sdn3369o3aidvenitl7msa3phljm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खाजाको रकम कटाएर रक्तसंचार केन्द्रलाई सहयोग

बालबालिकाले खाजाको रकम कटाए रक्तसंचार केन्द्रलाई आर्थिक सहयोग गरिरहेका छन्। रक्तसंचार केन्द्र बर्दिबास महोत्तरीको भवन निर्माणमा आर्थिक अभाव भएपछि स्कुले बालबालिकाले आफ्नो खाजाको रकम कटाएर सहयोग गरिरहेका हुन्।
बालबालिकामा सहयोगात्मक भावनाको विकास गर्न स्कुल—स्कुलमा घुम्ति ऐच्छिक आर्थिक सहयोग बक्स राखेका छन्। बच्चाहरु आफूले सकेको सहयोग रकम बक्समा जम्मा गरिरहेका छन्। आइतबार सनसाइन सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलका स-साना बालबालिका र बोर्डिङ स्कुलका फाउन्डर प्रिन्सिपल दिपक रायमाझीले भवन निर्माणका लागि दश हजार दुई सय ७० रुपैयाँ सहयोग गरेको रेडक्रस उप-शाखाका उप-सभापती सुमन भुजेलले जनाए। बर्दिबासस्थित गौरीडाँडामा रेडक्रसको आफ्नै भवन निर्माणाधिन छ। दुई वर्षदेखि भाडाको भवनमा संचालित रक्त संचार केन्द्रले रक्तदान कार्यक्रमको आयोजन गर्दै त्यसबाट संकलित रगत आवश्यकता अनुसार विपत्मा परेकालाई वितरण गर्दै आएको छ। एक करोंड २३ लाखको लागतमा चार तल्ले भवन बन्दैछ। जसको पहिलो तल्लाको ६ कोठे भवन निर्माणमा झण्डैं ४२ लाख खर्च भइसकेको छ। पहिलो तल्लाको प्लास्टर र रंग रोगनको लागि रकम अभाव भएपछि विद्यालय र समुदायमा घुम्ती ऐच्छिक आर्थिक संकलन अभियना संचालन गरिएको रेडक्रस उप-शाखाका सचिव मुकुन्द पौडेलले बताए।

२०७४ पुस ९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: