A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पेन्सिल तिखार्न नसक्दा कुटाइ

 पेन्सिल तिखार्न नसक्दा नौ वर्षीया बालिकाले शिक्षकबाट निर्घात कुटाइ खानुपरेको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित ज्ञानसागर माध्यमिक विद्यालयमा आइतबार दुई कक्षामा अध्ययनरत बालिकाले आफ्नै शिक्षकबाट निर्घाट कुटाइ खानुपरेको हो। परसपुरकी कक्षा दुईमा अध्ययनतर नौ वर्षीया सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसेको भन्दै शिक्षक कृष्णमुरारी सिंहले निर्घात कुटपिट गरेका हुन्। दुईतीन पटकसम्म पेन्सिल तिखार्ने प्रयास गर्दा पनि नसकेपछि रिसमा बालिकालाई शिक्षकले चड्कन हानेका थिए। साथै विद्यालयको भित्तामा टाउको ठोक्याएको पीडित बालिकाले बताएकी छन्। ‘सर पढाउन आउनुभएको थियो, मलाई कापीमा लेख्न भन्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘पेन्सिल तिखार्दै थिएँ, धेरैपटक भाँचियो, सरले यति पनि नसक्ने भन्दै मलाई चारपाँच पटक गालामा हान्नुभयो।’ आफूले फेरि तिखार्ने बताउँदाबताउँदै पनि शिक्षकले भित्तामा टाउको बजारिदिएको उनको गुनासो छ। पिटाइबाट बालिकाको गाला सुन्निएको र टाउकोमा चोट देखिएको छ। छोरीले पिटाइ खाएपछि रुँदै घरमा सिकायत गर्न आएको बुबा मुनिर बेहेनाले बताए। पीडित बालिकालाई नजिकको मेडिकलमा उपचार गरी वि श्रामका लागि घरमा राखिएको छ। विद्यालयका प्रधानाध्यापक हृदेशनारायण यादवलले घटना भए पनि उक्त विषयमा आफू बोल्न नचाहेको बताए।

२०७४ पुस ९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: