A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj6kfvlm8e9pmqm9fh9uvc8oel5edske8): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थीलाई स्वयंसेवा सिकाउँदै सेना

दार्चुलाको एक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले राष्ट्रिय सेवादल ९एनसीसी० तालिम दिइरहेको छ । महाकाली नगरपालिका वडा नं ४ स्थित महेन्द्र नमुना मावि खलंगाका ३६ छात्रछात्रा तालिममा सहभागी छन् । प्रारम्भिक चरणमा ३६ जना छनोट गरी ७० दिनको संस्थागत तालिम दिइएको र छनोटपश्चात् वार्षिक सामूहिक क्याम्प तथा अन्तिम चरणको २१ दिने तालिमका लागि छात्रछात्रालाई बाँकेको कोहलपुर पठाइने दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सेनानी सन्तोष गुरुङले जानकारी दिएका छन् ।
तालिममा ट्राफिक सचेतना, चेलीबेटी बेचबिखन, महिला तथा बालअधिकार संरक्षणबारे कक्षा दिइएको छ । राष्ट्रभक्ति मूल आधार भन्ने नारासाथ तालिम प्रदान गरिएको सेनाले जनाएको छ । गत वर्ष पनि सेनाले महेन्द्र नमुनाका विद्यार्थीलाई विभिन्न सैन्य तालिम दिएको थियो । महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशीका अनुसार वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा उद्धार र विभिन्न अभ्याससम्बन्धी विद्यार्थीले ज्ञान लिइरहेका छन् । ‘विद्यार्थी भनेका भविष्यमा देशका खम्बा हुन् । अनुशासनबिना कुनै पनि कार्य गर्न सम्भव नभएकाले अनुशासनबारे पनि तालिम दिइएको छ’, गुल्मपति गुरुङले भने । सैनिक र नागरिक सम्बन्धको पाटो र युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक निर्माण गर्नु तालिमको उद्देश्य रहेको बताइएको छ ।
पहिलो चरणको तालिम असोजदेखि मंसिर ११ गतेसम्म सम्बन्धित विद्यालयमा सञ्चालन गरिएको थियो भने अन्तिम चरणको तालिम पृतना कोहलपुरमा चल्ने सेनानी सन्तोष गुरुङले जानकारी दिए । सेनाले विद्यार्थीलाई पढाईमा कुनै बाधा नपर्ने गरी तालिम सञ्चाल गरेको जनाएको छ । विद्यालय बिहान १० बजे खुल्ने भएकाले एनसीसीमा आबद्ध विद्यार्थीलार्ई बिहान ८ र बेलुका ५ बजे गरी २ पटक तालिम सञ्चालन गरिएको गुरुङको भनाइ छ । एनसीसी तालिममा प्रदेश ७ का सम्पूर्ण विद्यालयलाई सहभागी गराइने र सहभागी विद्यालयमध्ये सर्वोत्कृष्ट एक विद्यालय छनोट गरी उत्कृष्ट विद्यार्थीलाई एनसीसी तालिमका लागि विदेश पठाइने सेनाले जानकारी दिएको छ ।

२०७४ पुस ८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: