समाचारमा बालबालिका

अंग्रेजी विषयका शिक्षक १५/१५ दिनमा फेरिए, विद्यार्थी समस्यामा

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेको सरस्वती आधारभूत विद्यालयमा अंग्रेजी विषयको शिक्षक १५र१५ दिनमा फेरिँदा विद्यार्थीलाई समस्या भएको छ ।  गुणस्तरीय शिक्षा दिने भन्दै बेलाबेलामा शिक्षक फेरिने क्रम चल्दै जाँदा पढाएको बुझ्न कठिन भएको विद्यार्थी बताउँछन् । विद्यालयमा प्राथमिक तहको मात्र दरबन्दी रहेको र विषयगत शिक्षकको अभावमा शिक्षक फेरिने गरेको बताइएको छ ।  

विद्यालयमा पछिल्लो समय स्वंयमसेवी शिक्षक डक्टर हर्बट गएसँगै अंग्रजी विषय पढाई हुन छाडेको छ । केही दिनमा अंग्रजी विषयको अध्यापनका लागि नयाँ शिक्षक आउने विद्यालयले जानकारी दिएको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालयले केही नेपाली तथा केही विदेशी शिक्षक ल्याएर अध्यापन गराउने गरेको विद्यालयका प्रधानाध्यापक लाक्पा तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म यहाँ डक्टर हर्बट, ल्यान्द्रो इलिचेचे, उर्केन गुरुङ, सारा र युमर्जिनले अध्यापन गराएका छन् ।’न्युनतम तीन महिनादेखि एक वर्षसम्म अध्यापन गर्ने शिक्षकको खोजीमा रहेको उहाँले बताउनुभयो । ‘तलब खुवाएर शिक्षक राख्न सकिने अवस्था छैन्, लामोसमयसम्म निशुल्क रुपमा अध्यापन गर्न शिक्षक आउन मान्दैनन’ उहाँले भन्नुभयो । विद्यालयमा दरबन्दी थप गर्नका लागि शिक्षा कार्यालयमा पटक पटक आग्रह गरेको भएपनि सुनुवाई नभएको प्रधानाध्यापक तामाङले जानकारी दिनभयो । यो विद्यालयमा ८१ जना विद्यार्थी अध्ययनरत छन् । गोसाईकुण्ड गाउँपालिका–६ को ठाडे, सोले र ग्राङका विद्यार्थी त्यहाँ अध्ययन गर्छन् । विद्यालयका अनुसार प्रावि दरबन्दीमा ५ र राहतमा एक, स्रोतमा एक र बाल कक्षामा एक जना गरी ८ जना शिक्षक कार्यरत छन् । २०६६ सालसम्म प्राथामिक तहको शिक्षा दिँदै आएको विद्यालयले कक्षा ५ पढेर विद्यार्थीले पढाई छाड्ने क्रम बढेपछि कक्षा ८ सम्म पढाउन थालेको थियो । ठाडेबाट धुन्चे आउन ९ किलोमिटर र राम्चे जानका लागि १४ किलोमिटर यात्रा गर्नुपर्ने भएपछि तह थपेको थियो । 

२०७४ पुस ६ गते ६:३६ मा प्रकाशित