A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह अन्त्यका लागि बैतडी घोषणापत्र जारी गर्दै सकियो शिक्षक सम्मेलन

बालविवाह अन्त्यका लागि ९ बुँदे बैतडी घोषणापत्र जारी गर्दै दुई दिने जिल्लास्तरीय शिक्षक सम्मेलन शनिबार सम्पन्न भएको छ। जिल्लाभरीका माध्यामिक विद्यालयका १ सयभन्दा बढी प्रधानाध्यापक सहभागी सम्मेलनले बालविवाह अन्त्यका लागि विद्यालय तह र समाजमा गर्न सकिने कार्ययोजनासहित घोषणापत्र जारी गरेको हो। घोषणापत्रमा जिल्लाबाट बालविवाहको समस्यालाई निमिट्यान्न पार्न प्रत्येक स्कूलमा किशोर–किशोरी समूह गठन गरी किशोर–किशोरीमैत्री सूचना केन्द्र स्थापना गर्नेरगराउने, शैक्षिक शत्रको सुरुमै विद्यार्थी भर्ना गर्ने बेलामा अभिभावकहरुलाई छोरा–छोरीको बालविवाह नगराउने लिखित प्रतिबद्धता जाहेर गर्न लगाउने लगायतका विषय उल्लेख छन्। सम्मेलनले वालविवाहका असरबारे कक्षा सञ्चालन गर्ने, माद्यामिक तहसम्म मोबाइल फोन निषेध गर्ने, बालविवाह हटाउन अतिरिक्त क्रियकलापमार्फत पनि यसका असरहरुबारे विद्यार्थीलाई सचेत गराउने निर्णय पनि गरेको छ। यस्तै बालविवाह गरेका छात्रछात्रालाई कुनै किसिमको छात्रवृत्ति उपलब्ध नगराउने समेत घोषणापत्रमा उल्लेख छ। सम्मेलनले उमेर नपुगी गराइन लगोका विवाहको निमन्त्रणा अस्वीकार गर्ने र कारबाहीका लागि उजुरी गर्ने निर्णय पनि गरेको छ। कक्षा १०, ११ र १२ मा अध्ययनरत किशोर–किशोरीको उमेर नपुगी विवाह हुन थालेपछि सबै विद्यालयका प्रधानाध्यापकलाई सक्रिय गराउन खोजेको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले बताए। ‘समाजमा शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरु बालविवाह रोक्न रोलमोडेल भूमिकामा रहनेछन्,’ उनले भने । गैरसरकारी संस्था संयुक्त राष्ट्रिसंघीय जनसंख्या कोषको आर्थिक र प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले सम्मेलन आयोजना गरेको हो। 

२०७४ पुस ९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: