A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb3if9g0kngcntr76599jhvoegar14snk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१ सय ६२ विद्यालय शान्ति क्षेत्र घोषणा

विद्यालयमा राजनीतिक गतिविधि नगर्ने, बालबालिकालाई दण्ड सजाय नदिने र सशस्त्र गतिविधि नगर्ने प्रतिबद्धतासहित कालीकोटका १ सय ६२ विद्यालयलाई औपचारिक रूपमा शान्ति क्षेत्र घोषणा गरिएको छ ।
यहाँका ३० मावि र १ सय ३२ आभारभूत तहका विद्यालय शान्ति क्षेत्र घोषणा भएका हुन् । ती विद्यालयमा दलीय हस्तक्षेपमा कमी भएको छ भने विद्यालयको पठनपाठन अवरुद्ध हुने कुनै पनि गतिविधिलाई रोक लगाइएको छ । सरकारले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा ०६८ जारी गरेर देशभरका शिक्षा कार्यालयमार्फत कार्यान्वयन अघि बढाएपछि यहाँका विद्यालयमा अभियानका रूपमा घोषणा गरेका हुन् । प्रत्येक विद्यालयले आफ्नो सेवा क्षेत्रका अभिभावक, दलका नेता कार्यकर्ताबीच छलफल गरेर विद्यालयस्तरमा शान्ति क्षेत्रका सूचक बनाई लिखित प्रतिबद्धता लिइएको छ । विद्यालय शान्ति क्षेत्र घोषणापछि त्यहाँ राजनीतिक दलले दलीय सभा गर्न छाडेको कालिका मावि पिलीका प्रधानाध्यापक हंसबहादुर शाहीले जानकारी दिए । दल र तिनका भ्रातृ संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, शिक्षक संघसंगठन, नागरिक समाज, सञ्चारकर्मी, बालक्लब प्रतिनिधि, अभिभावकलगायतको संलग्नतामा विद्यालय शान्ति क्षेत्रका राष्ट्रिय सूचकमा छलफल गर्दै स्थानीय सूचक बनाएर शान्ति क्षेत्र घोषणा गरेपछि विद्यालय पनि बन्द हुन छाडेको राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्षसमेत रहेका प्रअ शाहीले सुनाए । उनको विद्यालयलाई दुई वर्षअघि शान्ति क्षेत्र घोषणा गरेपछि पठनपाठनका बेला राजनीतिक सभा हुन छाडेको छ । सानातिना कुरामा पनि बारम्वार विद्यालय बन्द गर्ने यहाँको नरहरिनाथस्थित जनप्रभात मावि लालु दुई वर्षदेखि दलीय खिचातानीले बन्द भएको छैन । ‘पहिले त छात्रवृत्ति कम भए पनि विद्यालयमा ताला, पानी धारामा नआए पनि ताला लगाउने चलन थियो ।’ जनप्रभात मावि लालुका प्रअ मानबहादुर शाहीले भने, ‘गाउँका राजनीतिक दल, शिक्षक, अभिभावक, विद्यार्थीबीच भेला गरेर शान्ति क्षेत्र घोषणा गरेपछि बन्द हुन छाड्यो । यस अभियानमा प्रमुख दलले केन्द्रीयस्तरमा विद्यालय शान्ति क्षेत्रसम्बन्धी प्रतिबद्धता जिल्ला हुँदै गाउँसम्म पुर्यालएपछि जस्तोसुकै अवस्थामा पनि विद्यालय बन्द नगर्ने नियम बनेको नागरिक समाजका अगुवा लीलाराम न्यौपानेले बताए । कालिकोटमा विद्यालय शान्ति क्षेत्रसम्बन्धी वार्षिकरूपमा जिल्लास्तरका सरोकारवालाबीच समीक्षा गरेर पालनाका लागि पहल भएपछि गत स्थानीय तह र यसपटकको प्रतिनिधि र प्रदेशसभा चुनावमा सरकारले मतदान केन्द्र तोकिएकाबाहेक बन्द नभएको निमित्त जिल्ला शिक्षा अधिकारी जसीप्रसाद चौलागाईंले बताए । उनका अनुसार अभियानमा शैक्षिक सरोकारवाला सक्रिय भए पनि विद्यालय बन्द गर्नेको मनोबल घटेको छ ।

 २०७४ पुस ६ १२:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: