A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session22tn2rtd7ld6hu984pmrs51cuq68021d): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बोक्सी प्रथाविरुद्ध पाठ्यक्रम तयार पार्न आदेश

सर्वोच्च अदालतले बोक्साबोक्सीलगायत कुप्रथाविरुद्ध पाठ्यक्रम तयार गरी विद्यालय तहको शिक्षामा समावेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय केदारप्रसाद चालिसे र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सचेतनाका लागि उपयुक्त पाठ्यक्रम तयार गरी समावेश गर्न शिक्षा मन्त्रालयलाई आदेश दिएको हो ।
२०६८ फागुन ५ मा चितवनको तत्कालीन बघौडा गाविस–२ मा बोक्सीको आरोपमा एकल महिला ढेगनीदेवी महतो मारिएकी थिइन् । घटनापछि ढेगनीदेवीकी सासू झारी महतोको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दामा सर्वोच्चले गत असारमा दिएको आदेशको पूर्णपाठमा अन्धविश्वासविरुद्ध सचेतना फैलाउन भनिएको छ । बोक्सी प्रथा मात्र नभई धामीझाँक्री प्रथाविरुद्ध कानुनी व्यवस्था उभिनुपर्ने सर्वोच्चको ठहर छ । ‘बोक्सी प्रथाविरुद्ध मात्र होइन, त्यसको कारकको रुपमा रहेको धामीझाँक्री प्रथाविरुद्ध नै हाम्रो राज्य, कानुनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्छ’, फैसलाको पूर्णपाठमा भनिएको छ । बोक्सी आरोपमा विभत्स तवरबाट मारिएकी ढेगनीदेवीका सन्तान समिर महतो, मीना महतो र अन्य सन्तान भएमा उनीहरूको समेत शिक्षादीक्षा, स्वास्थ्य, सुरक्षाको समुचित व्यवस्था मिलाउन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयको नाममा आदेश भएको छ । ढेगनीदेवीलाई बोक्सीको आरोपमा हत्या गरी जलाएकोमा विक्रम महतो, मञ्जु महतो,  विक्रमिया, सञ्जु, लक्ष्मी, कृष्णकुमारी महतोसमेतको संलग्नता देखिँदा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३९३० बमोजिम जिल्ला अदालत चितवनले उनीहरूलाई जन्मकैद सजाय सुनाएको थियो । महलको १३ ९३० मा लेखिएको छ, ‘लाठा, ढुंगा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मर्ने कुरा गरी ज्यान मरेमा एकैजनाले मात्र ज्यान मारेमा सोही एकजना र धेरैजनाको हुल भई मारेमा भन्ने प्रमाणबाट ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ ।’ढेगनीदेवीलाई मार्न उक्साउने झाँक्री जुगेश्वर महतोलाई १३ ९४० बमोजिम सजाय सुनाइएको थियो । १३९४० मा लेखिएको छ, ‘जुनसुकै कुरा गरीकन पनि ज्यान मार्नमा वचन दिनेलाई वा वारदात भइरहेको ठाउँमा गई मार्नलाई संयोग पारिदिनेलाई जन्मकैद गर्नुपर्छ ।’जिल्ला अदालतको निर्णयपछि मुद्दा पुनरावेदन गरिएको थियो । पुनरावेदन अदालत हेटौंडाले समेत जिल्ला अदालतको निर्णय सदर गरेको थियो । सोही निर्णयलाई सर्वोच्चले पनि सदर गर्दै कुप्रथाविरुद्ध जनचेतना जगाउन आवश्यक रहेको भन्दै पाठ्यक्रम तय गर्न आदेश गरेको हो । ‘बोक्साबोक्सी, भूतप्रेत हुँदैनन् । धामीझाँक्रीको बलले कुनै रोग वा क्षतिलाई ठिक पार्न सकिँदैन । ठिक पार्न सकिन्छ भन्नु अन्धविश्वास हो’, सर्वोच्चले भनेको छ, ‘जुन कुरा विज्ञानसम्मत छैन । त्यसलाई स्वीकार गर्नुहुँदैन ।’अन्धविश्वासविरुद्ध जनतासमक्ष चेतना पु¥याउन पाठ्यक्रम नै आवश्यक भएको सर्वोच्चको ठहर छ । ‘बोक्सीको आरोपसँग जोडिएका आर्थिक, सामाजिक, कानुनी न्यायिक एवं मानवअधिकारसम्बन्धी आयाम र कुप्रथा अन्त्य गर्नेबारे रणनीतिसहितको विषय विद्यालय पाठ्यक्रममा समावेश गर्नू’, सर्वोच्चले भनेको छ, ‘कुप्रथाविरुद्ध सञ्चारमाध्यमबाट प्रचारप्रसार गरी सचेतना दिनू ।’कसैलाई बोक्सा वा बोक्सीको आरोप लगाउनु, सताउनु, अपहेलना वा वहिष्करण गर्र्नु, आक्रमण गर्नु, सामाजिक बेइज्यती गर्नुलाई जघन्य अपराध भनिएको छ । ‘ढेगनीदेवीलाई बोक्सी भनी झारफुक गर्न लगाउने, बोक्सी आरोप लगाई हिंसामा उत्रिने, त्यस्तो हिंसा हेरी ताली पिट्नेहरू बोक्सीको अस्तित्वमा विश्वास गर्छन्’, पूर्णपाठमा भनिएको छ, ‘अन्धविश्वासलाई समाजबाट बाहिर ननिकालेसम्म समाज बोक्सीको समस्याबाट मुक्त हुन सक्दैन ।’ बोक्सी हुँदैनन् भन्ने समाजमा चेतना नफैलाउँदासम्म यो समस्याबाट मुक्त हुन नसकिने सर्वोच्चको ठहर छ । धामीझाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने गरेको आदेशमा उल्लेख छ । धामीको आडमा शोषण भइरहेको छ भन्ने सबैलाई बुझाउन जरुरी भएको सर्वोच्चको भनाइ छ ।
मञ्जु महतो आफू माइत आएका बेला पेट दुख्यो, हात खुट्टा दुख्यो भनेपछि भारत पश्चिम चम्पारण घर भई बघौडा डेरा गरी बस्ने धामी भनिने जुगेश्वर महतोकहाँ हेराउन गएकी थिइन् । जुगेश्वरले ‘माइतीघरको छिमेकी महिला ढेगनीदेवी महतोले बोक्सी लगाएर दुःख दिएको छ । त्यसलाई खत्तम पार्नुपर्छ, त्यसपछि माइतीघरमा र तिम्रो घरमा सुख शान्ति हुन्छ भनी मञ्जु महतोलाई भनेका थिए ।’ त्यही भनाइमा लागेर ढेगनीदेवीलाई बोक्सी आरोपमा मारिएको थियो । झाँक्री ९गुरौं० को काम गर्ने जुगेश्वरले ‘तिम्रो छिमेकी विधवा महिला बोक्सी छ, त्यसले दुःख दिएको छ । त्यसलाई खत्तम पार्नुपर्छ’ भनेकै कुरा पत्याई ढेगनीदेवीलाई मारिएको सर्वोच्चले ठहर गरेको छ । बिहान आफ्नो गोठमा गोबर फाल्दै गरेकी ढेगनीदेवीलाई उनकै नातेदार विक्रम महतोसमेतले लछारपछार गर्दै ढुंगा, लाठीले हानी विभत्स तरिकाले हत्या गरेका थिए । हत्यापछि उनलाई घाँस, पराल राखेर आगो लगाइएको थियो ।

२०७४ पुस ७ गते ९ :०४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: