समाचारमा बालबालिका

ट्र्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

 महोत्तरीको गौशालामा ट्र्याक्टरले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ। आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नंको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो। तीव्र गतिमा रहेको ट्र्याक्टर अनियन्त्रित हुँदा बाटोको छेउमा रहेको महतोलाई ठक्कर दिँदा घटनस्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। ट्र्याक्टर चालक फरार रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए। 

२०७४ पुस ६ गते १२ : ४४ प्रकाशित